अब देउवा प्रधानमन्त्री बन्ने पक्का, यस्ता छन् कारण ?

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाललगत्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनका प्रमुख घटकहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच भएको शीर्ष तहमा भएको समझदारी अनुसार माओवादीलगत्तै सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले गर्ने भएको छ । अहिले माओवादी केन्द्रबाट प्रचण्डले सरकारको नेतृत्व गरेका छन् । यसपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल प्रधानमन्त्री बन्ने भएका छन् ।

कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलो दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् । आज (बिहीबार) पार्टीको ललितपुर नगर समितिले मंगलबजारमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो खुलासा गरेका हुन् ।

यो संसद्को पाँच वर्षको अवधिमा माओवादी केन्द्र, नेकपा (एस) र नेपाली कांग्रेसले क्रमशः सरकारको नेतृत्व गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले दुई वर्ष, माधव नेपालले एक वर्ष र देउवाले दुई वर्ष प्रधानमन्त्री खाने समझदारी भएको छ । देउवाले भने निर्वाचन गराउनेगरि अन्तिममा देशको नेतृत्व लिने योजना बनाएका छन् ।

प्रधानमन्त्री दाहालले यही चैत्र ६ गते संसद्मा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसलगत्तै सरकारलाई पूर्णता दिने उनको योजना छ । त्यतिवेला अहिलेको सत्ता गठबन्धनबाट सबै दलको प्रतिनिधित्व सरकारमा हुने बुझिएको छ ।

बेनी-जोमसोम सडकमा दैनिक छ घण्टा यातायात बन्द
म्याग्दी, २ चैत (रासस) :
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक छ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिनुभयो ।

“चैते दशँैको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ,” उहाँले भन्नुभयो “पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको कामसँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय तालिका बनाइएको हो ।”

निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए । म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारी साधनले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ । एम्बुलेन्स र अत्यावश्यक सवारी साधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ ।

यसैबीच बेनी–जोमसोम–कोरला सडकको बेनी–गलेश्वर खण्डमा फागुन १ गतेदेखि लागू गरिएको समय तालिका बुधबारदेखि हटाइएको छ । बेनी–गलेश्वर सडक विस्तारका लागि फागुन १ देखि ३० गतेसम्म सवारी आवतजावत बन्द गर्ने समय तालिका बनाइएको थियो ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ ।