पल शाह जेलभित्र छँदा पटक पटक भेट्न गएकी पूजा पल बाहिर आएसँगै किन भेट्न गइनन् ?

काठमाडौं । कलाकार जोडी पल शाह र पूजा शर्मा एक अर्काका मिल्ने र सुख दुखका साथीका रुपमा परिचित छन् । तर १ वर्ष जेल जिवन बिताएर हालै मात्र बाहिर आएका पल केही समयको आरामपछि कार्यक्रममा हिँड्न थालेका छन् । जेलबाट निस्किएको करिब २ सातापछि पल हेलिकप्टर चढेर रुकुम महोत्सब पुगेका छन् ।

त्यसअघि काठमाडौँको शान्तिनगरमा बस्दै आएका पललाई भेट्न धेरैजसो उनका सुभेच्छुक र कलाकारहरु पुगे । यो बिचमा पललार्य भेट्न नायिका पूजा नगएको भन्दै चर्चा समेत भयो । आफ्नो होम प्रोडक्सन फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरअघि पलविरुद्ध बलात्कारको जाहेरी परेपछि पूजाले रुने कराउने सबै काम गरिन् । पल जेल गएपछि पूजाले निरन्तर पलका पक्षमा बोलिरहिन् । सामाजिक सञ्जालमा लेखिरहिन् ।

पलको तस्बिर अंकित टिसर्ट लगाउँदै पलबिना आँफु अधुरो रहेको समेत बताउन भ्याइन् । कारागारभित्रै केक काटेर पलको जन्मदिन मनाएकी पूजा पल छुटेपछि भने एउटा स्टाटस लेख्ने बाहेक अरु काम गरेकी छैनन् । पूजाले पल निस्किएपछि उनले भाउ नदिएको भन्दै चिढिएको उनी निकट स्रोत बताउँछ ।

पल शाह जेलबाट निस्किनु अघि पलसँग आँफु निकै नजिक भएको बताउने पूजाले अहिले भने पल जेलबाट छुटेयता पुजाले पललाई भेटेकी नै छैनन् । न त सामाजिक सञ्जालमा नै पलका विषयमा कुनै पोस्ट गरेकी छन् । आखिर किन रु यसको उत्तर की पललाई थाहा होला की पूजालाई थाहा होला ।