महिला कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ ।

जुम बैठकमा उनले महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि गठन गरिएको बताए । उनले छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्त निलम्बनमा रहने बताए ।

कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा डीन दत्तले अडियो म्यूट गरेका थिए भने, उनको भिडियो अन नै थियो । दत्त कृषि संकायको डीनको ४ बर्षे पहिलो कार्यकाल पूरा गरेर अहिले थप ४ बर्षे दोस्रो कार्यकालका लागि २०७७ कात्तिकमा डिन नियुक्त भएका थिए ।

यो पनि पढ्नुहोस् :
चैत, १ काठमाडौ । चितवन रामपुरको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीनले आफ्नै कार्यकक्षमा जुम बैठक चलिरहँदा महिला कर्मचारीसँग अश्लील हर्कत गरेका छन् ।

बिश्वबिद्धालयका डिन जयप्रकाश दत्तले कृषि संकायका डिन जयप्रकाश दत्तले जुम मिटिङ चलिरहेको बेला कार्यकक्षमा महिला कर्मचारीसँग रोमान्स (रसलिला) गरेको भिडियो सार्वजनिक भएको हो ।

जुम बैठका ६३ जना सहभागी रहेका थिए। विश्वविद्यालयका सहप्राध्यापक सन्तोष मरहठ्ठा जुम मिटिङमा बोलिरहेको समयमा उनले महिला कर्मचारीलाई अंगालो हालेको देख्न सकिन्छ ।

उक्त भिडियो भाइरल भएपछि विश्वविद्यालयमा हंगामा मच्चिएको छ । उनी डिनको एक कार्यकाल सकेर पुनः अर्को कार्यकालको लागि नियुक्त भएका हुन् । यसअघि उनले विश्वविद्यालयको स्रोतसाधनको चरम दुरुपयोग गर्ने गरेको समेत आरोप लाग्ने गरेको थियो ।