अञ्जली अधिकारीले अब यस्तो क्यारेक्टरमा काम नगर्ने गरिन् अनाैठाे निर्णय !

काठमाडौं । चार वर्षअघि रिलिज भएको प्रकाश सपुतको गीत ‘बोल माया’ले मोडल अञ्जली अधिकारीलाई एकाएक चर्चामा ल्यायो । अन्य केही हिट म्युजिक भिडियोमा पनि उनले काम गरेकी छन् । यतिबेला उनलाई फिल्म खेल्नको लागि अफरहरु आइरहेका छन् । तर फिल्ममा साइन गरेकी छैनन् ।

हालैको एक कुराकानीमा उनले आफूलाई चार-पाँचवटा फिल्मबाट अफर आइरहेको र पात्रबारे चित्त नबुझेको बताइन् । शंकर बीसीदेखि गोपीकृष्ण मुभिजले समेत आफूलाई अफर गरेको उनले खुलाएकी छिन् । तर कुनै प्रस्ताव पनि उनलाई चित्त बुझेन । किन त ? अञ्जलीको तर्क छ, ‘मलाई बरु चप्पल पड्काएर हिंड्ने क्यारेक्टर होस् तर चुइँगम पड्काएर हिंड्ने क्यारेक्टर नहोस् भन्ने लाग्छ ।’

तर आफूलाई आएका प्रस्तावहरु चुइँगम पड्काउने टाइपका भएको उनको तर्क छ । ‘मलाई न्याचुरल चीज मन पर्छ । फिल्ममा कहानी नै भएपनि, मलाई सुहाउने होस् । रमाइलो, डान्स, स्याड र कमेडी जस्तो भएपनि हुन्छ तर छोटो-छोटो कपडा लगाएर चुइँगम पड्काउने चाहिं नहोस् क्या ।’

उनी अगाडि भन्छिन्, ‘त्यही भएर मैले चप्पल पड्काउने क्यारेक्टर खोजिराखेकी हुँ । त्यस्तो खालको क्यारेक्टर आइसकेको छैन । बाहिर सुट हुने मोर्डन टाइपको आएका छन् । एक्टर भइसकेपछि सबैखाले रोल गर्नुपर्छ तर मैले खोजेको त्यस्तो हो ।’ अहिलेसम्म आफूले ६०० जति म्युजिक भिडियो गरेको उनले बताएकी छन् ।

यो [पनि पढ्नुहोस् :
काठमाडौं, ३० फागुन । मुलुकको पहिलो महिला राष्ट्रपति बन्ने सौभाग्य पाएकी विद्यादेवी भण्डारी झण्डै ७ वर्ष ४ महिना देशको राष्ट्रपतिको रुपमा रहिन् । दुई कार्यकाल २०७२ कार्तिक १२ र २०७४ फागुन २९ मा भएको राष्ट्रपती निर्वाचनमा विपक्षी उम्मेदवार कूलबहादुर गुरुङ र कुमारीलक्ष्मी राईलाई हराउँदै राष्ट्रपति निर्वाचित भएकी थिईन् उनी । गत फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल नयाँ राष्ट्रपति निर्वाचित भएपछि भण्डारी हिजो (सोमबार) बाट शीतल निवासबाट बाहिरिइएकी छन् । राष्ट्रपतिको भूमिकाबाट बाहिरिएसँगै अब उनी सक्रिय राजनीतिमा फर्केलिन् त भन्ने चासो सर्वसाधरणमा छ ।

भण्डारीअघिका प्रथम राष्ट्रपति डा. रामवरण यादव शीतलनिवासबाट निस्किएपछि निष्क्रिय बने । उनी न पार्टी राजनीतिमा फर्किए न आफ्नो चिकित्सकीय पेशामा । आकलझुक्कल मिडियामा अन्तरवार्ता दिने र एकाध कार्यक्रममा उपस्थिति जनाउनेबाहेक उनी सार्वजनिक जीवनमा देखिँदैनन् । अघिल्ला उपराष्ट्रपति परमानन्द यादव त झन् गुमनाम नै छन् । यसपटक भण्डारी स्वंयले मुख नखोलेपनि धेरैको अड्कल र आग्रह भने भण्डारी पुनः एमालेको पार्टी राजनितिमा फर्किनु पर्नेमा छ । आफ्नो कार्यकालको अन्तिम दिन भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख नेताहरूलाई शीतल निवास डाकेर चियापानसहितको सामूहिक भेटवार्ता गरेकी थिइन् । करिब दुई घण्टा चलेको उक्त भेटवार्तामा नेताहरू खुलस्त र अनौपचारिक तवरबाट पेश भएका थिए । राष्ट्रपति भण्डारीको कार्यकाल र आगामी राष्ट्रपतिको कार्यभारका विषयमा कुराकानी केन्द्रित थियो । साथै, भण्डारीको अबको राजनीतिक यात्राबारे पनि नेताहरूले आ–आफ्नो धारणा र सुझाव प्रस्तुत गरेका थिए ।

बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भण्डारीलाई राष्ट्रपतिबाट अवकाशपछि सक्रिय राजनीतिमा फर्किन निकै जोड दिएका थिए । उमेरका हिसाबले पनि भण्डारीसँग प्रशस्त समय रहेकाले कुनै हालतमा सक्रिय राजनीति गर्नुपर्ने उनको सुझाव थियो । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भण्डारीलाई पहिलेजस्तै सक्रिय रुपमा राजनितिमा फर्कन आग्रह गरे । राजनितिमा फर्किए सबैभन्दा बढी सहयोग आफ्नो र सिङगो कांग्रेस पार्टीको रहने बताए ।

नेकपा (एमाले) ले भने आधिकारिक रुपमा मुख नखोलेतापनि पार्टीका दोस्रा तहका नेताहरु शेरधन राई , लालबाबु यादवदेखि पार्टीका धेरै महिला नेतृ हरुले भण्डारीलाई पार्टीमा फर्किएर कार्यकारी भूमिकामा रहन आग्रह गरिरहेका छन् । यदि भण्डारीले चाहेमा एमाले अध्यक्ष केपि शर्मा ओली उनलाई पार्टीको बरिष्ठ उपाध्यक्ष बनाउँदै आगामि ११ महाधिवेशनमा सर्वसम्मत ढंगले पार्टी अध्यक्ष बनाउनसमेत तयार देखिन्छन् । किनक िएमालेको विधान अनुसार ७० वर्ष पुगेपछि पार्टिको कार्यकारी भूमिकामा रहन पाईँदैन । यही विधानअनुसार पार्टीको आगामी ११ महाधिवेशनसम्म अहिले एमालेको उपाध्यक्ष पदमा रहेका बिष्णु पौडेल बाहेक सबै उपाध्यक्षहरु पार्टीको कार्यकारी भूमिकाबाट बाहिरिँदै छन् । त्योबेला पार्टी अध्यक्षमा ओलीका दुई विश्वासपात्र शंकर पोखरेल र बिष्णु पौडेल भिड्ने र फेरिपनि पार्टीमा नयाँ गुट जन्मन सक्नेहुदाँ ओली पोखरेल र पौडेलको ठाँउमा भण्डारीलाई सर्वसम्मत अध्यक्ष बनाउन चाहन्छन् । तर त्यसको लागि भण्डारी तयार रहनुपर्ने एमालेका नेताहरु बताउछन् ।

मुलुकको पहिलो महिला राष्ट्रपति बन्ने सौभाग्य पाएकी भण्डारी २०७२ कार्तिक १२ गतेसम्म पनि एमालेको उपाध्यक्ष नै थिइन् । त्यो भन्दाअघि पनि भण्डारी एमाले निकट अखिल नेपाल महिला संघमा आवद्ध थिईन् । उक्त संघठनमा केही समय अध्यक्षसमेत बनिन् । अनेरास्वबियु, अनेमसंघ हुँदै एमालेको पार्टी राजनितिमा सक्रिय भण्डारी २०५० साल जेठ ३ मा चितवनको दासढुङगामा भएको रहस्यमयी दुर्घटनामा पार्टी महासचिव एवं आफ्ना श्रीमान मदन भण्डारीको निधनपछि उनी पूर्णकालीन राजनीतिमा आवद्ध भइन् ।

२०५० सालमै भएको काठमाडौंको उपनिर्वाचनमा निर्वाचित भएपछि संसदीय राजनितिमा लागेकी भण्डारी नेपालकै पहिलो रक्षामन्त्री, वन तथा वातावरण मन्त्री बन्दै देशकै दोस्रो र पहिलो महिला राष्ट्रपति बन्न सफल भईन् । भण्डारी पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै २०७१ मा काठमाडौंमा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

राष्ट्रपति भएपछि पुनः पार्टी राजनितिमा फर्कन खोज्ने विद्यादेवी भण्डारी पहिलो ब्यक्ति भने होईनन् । रुसी राष्ट्रपती भ्लादमिर पुटिन सन् १९९९ देखि २००० सम्म र २००८ देखी २०१२ सम्म् देशको प्रधानमन्त्री भएका थिए । उनै पुटिन सन २०१२ देखि फेरि रुसको राष्ट्रपति रहँदै आएका छन् । श्रीलंकाका महेन्द्रराजपाक्ष पनि सन् २००६ देखि २०१५ सम्म देशका राष्ट्रपति भए । उनै राजपाक्ष सन् २०१९ देखी २०२१ सम्म श्रीलंकाको प्रधानमन्त्री बनेका थिए । विदेशी मात्र होइनन् नेपालमै पनि दुई पटक मुलुकको प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोइराला राजदूत बन्न तयार भएका थिए । यी सबै घटनाक्रमलाई हेर्ने हो भने निवर्तमान राष्ट्रपति भण्डारीको पनि सक्रिय राजनितिमा पुर्नरागमन नहोला भन्न सकिन्न ।