ज्योति मगर आक्रोसित हुँदै ज्ञानेन्द्र शाहीलाई भने – “देश राजा ले बनाको रे fuck you man”

केही समय अगाडी ज्ञानेन्द्र साहीले ऋशि धमालासंग दिएको अंतर्वाताले जताततै हङ्गामा मच्चिएको थियो। यसैक्रममा उक्त अंतर्वातालाई लक्षित गर्दै ज्योति मगरले आफ्नो फेसबुकमा स्टाट्स लेखेकी छिन।

बाफ रे ज्ञानेन्द्र शाही जि ले रिषी धमला जि लाई प्रश्न गरेको “नेपाल को ले बनाको give me answer” रे यस्ता यस्ता नेता जो ले आफु लाई बौद्धिक महान र राष्ट्रबादी ठान्छन बरै…
देश राजा ले बनाको रे fuck you man… देश भनेको भुगोल भित्र पर्ने कुनै निश्चित सिमा भित्र तोकियको एक भाग हो जस्लाइ त्यहा को भौगोलिक परिबेश त्यहा को प्रकृति र त्यहा को सस्कार सस्कृती भाषा र भेष ले निर्धारित गर्दछ अनि बल्ल देश बन्छ देश मा सिस्टम बन्छ र सिस्टम बनाउने प्रणाली लाई राजनीति भन्छन जुन राजनीति लाइ फोहोर बनायर तपाईं हरु सोझा जनता को भावाना माथी खेल्दै हुनुन्छ… 2/4 ओटा किताब पढेर 2/4 ओटा हिस्ट्री पढेको छु भन्दै मा ऋषि धमला लाई चुड्की बजाउदै मा हामी सबै लाई अर्थात नेपाली जनता लाई बेकुप बनाउन चै पाइदैन ल ज्ञानेन्द्र बेबि…मलाइ था छ त तपाईं हरु रास्ट्रवाद को खोक्रो नारा लायर मिडिया को र जनता को अटेन्सन लिने मात्रै हो देश बनाउने त भुत्रो नि हैन… भारत ले नेपाल बन्नै दिदैन नेपाल मा शान्ती कायम हुँदै दिदैन… नेपाली नेता र जनता लाई देश को माया छ भने अर्को देश मा डिपेन्डेन्ट हुन छोडौ सबै सन्धी तोडौ जिरो बाट सुरु गरौ…
यो चै मेरो ब्यक्तिगत बिचार…

यो पनि पढ्नुहोस् :
काठमाडौँ, २९ फागुन । प्रेम प्रसाद आचार्यले माघ १० मा आफैंलाई पेट्रोल छर्केर आगो लगाए । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि उनले आत्मदाह गरेको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

सहसचिव नारायणप्रसाद रिसाल नेतृत्वको समितिले गृह सचिव विनोद प्रकाश सिंहलाई प्रतिवेदन बुझाएको हो । समितिमा उपसचिव विश्वमित्र कुँइकेल, स्वास्थ्य मन्त्रालयका मनोचिकित्सक र नेपाल प्रहरीका प्रतिनिधिसहित ६ जना सदस्य थिए ।

छानबिन समितिले आत्महत्या गर्न बाध्य बनाउने नीतिगत व्यवस्था सुधार्न २३ बुँदे सुझाव दिएको छ । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) जितेन्द्र बस्नेतले समितिको सुझाव कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयमा लेखेर पठाएको बताए । उनले भने,‘सुझाव कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा लेखेर पठाएका छौं, गृह मन्त्रालयले गर्नुपर्ने विषय कार्यान्वयनको प्रक्रियामा छ ।’

फागुन २३ मा गृह सचिवलाई बुझाएको प्रतिवेदनमा प्रेम प्रसादले उठाएको विषय र नीतिगत व्यवस्थाका कारण नागरिकलाई समस्या हुने क्षेत्रमा सुधार गर्न समितिले सुझाव दिएको छ । ‘नीतिगत सवालमा २३ बुँदे सुझाव दिएका छौं’ छानबिन समितिका एकजना सदस्यले रातोपाटीसँग भन,‘व्यवसाय गर्दा उधारो कारोबारलाई व्यवस्थित गर्न कानुनी व्यवस्था गर्नुपर्ने सुझाव दिएका छौं ।’

आचार्यले आरोप लगाएका भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ सहितका आरोपीहरुसँग समितिले बयान लिएको छ । उनीहरूको बयान प्रतिवेदनमा राखिएको सहसचिव बस्नेतले जानकारी दिए ।

समितिले मूल्य अभिवृद्धि करमा ‘बहुदर’ लगाउन सुझाव दिएको छ । अहिले सबै क्षेत्रले समान १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नुपर्ने व्यवस्था छ । समितिले कृषि उत्पादनमा कर घटाउन सुझाएको छ । कृषि उत्पादन नौनी र दूधमा कर नलागेपनि घिउमा १३ प्रतिशत कर लाग्ने हुनाले किसानलाई मार पर्ने गरेको छानबिन समितिको निष्कर्ष छ ।

‘नौनीबाट घ्यू बनाएर प्याकिङ गर्नासाथ १३ प्रतिशत कर नलगाउन सुझाएका छौं’ समितिका एकजना सदस्य भन्छन्,‘ऋण लिँदा कृषिजन्य जग्गाको मूल्याङ्कन कम र अन्य जग्गाको मूल्याङ्कन धेरै गर्ने नीति सुधार्न कानुन संशाेध गर्नुपर्ने हाम्रो सुझाव छ ।’

कृषि अनुदान दिने प्रणालीमा पुनरावलोकन गर्नुपर्ने सुझाव दिइएको छ । ‘अहिले प्रोजेक्ट स्तरको अनुदान प्रणाली छ’ समितिका ती सदस्य भन्छन्–‘प्रोजेक्ट स्तरको अनुदान प्रणालीको साटो उत्पादनमा आधारित अनुदान प्रणाली लागु गर्नुपर्ने हाम्रो सुझाव छ ।’

उत्पादनमा संलग्न किसानलाई घाटा भएको रकम अनुदान स्वरूप उपलब्ध गराएमा त्यसले उत्पादनमा सहयोग गर्ने समितिको निष्कर्ष छ । सुपरस्टोर सञ्चालकहरू मध्ये कतिपयले नाफाको विषय उल्लेख गरेपनि कत्ति नाफा लिन पाउने भन्नेबारे स्पष्ट उल्लेख नगरेको छानबिनबाट देखिएको छ ।

आचार्यले उत्पादन गरेको सामान बेच्ने सुपरस्टोरले सम्झौतामा नै ‘बिक्री भएपछि पैसा दिने’ भनेर उल्लेख गरेको भेटिएको छ । समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ,‘व्यापार गर्नेलाई नीतिकै कारण समस्या भएको छ ।’ आरोपीहरुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा चलाउने कि नचलाउने भन्नेबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।