समीक्षा अधिकारीको ‘रूँदै हिँड्नु पर्छ’ गीत सार्वजनिक (भिडिओ)

गायिका समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ।

शनिबार खत्री सुवास युट्युब च्यानलमार्फत ‘रूँदै हिँड्नु पर्छ’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा उनीसँगै सुवास खत्री र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ।

सुजित खत्रीको शब्द रहेको गीतमा हेमन्त कान्छा रसाइलीले संगीत भरेका छन्। सुनौलो सपना बोकेर विदेशी हिँडेका युवाहरूको पीडा र व्यथालाई गीतमा समेटिएको छ।

विशाल घिमिरे निर्देशित गीतको भिडिओमा सारिका केसी र दिनेश पुरीलाई देख्न सकिन्छ।

नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडिओलाई नविन घर्तिमगरले सम्पानल गरेका छन्।