सुष्मिता सेनलाई हृदयाघात

बलिउड अभिनेत्री सुष्मिता सेनलाई हृदयाघात भएको छ । उनले इन्स्टाग्राम अकाउन्टमार्फत् यसबारे जानकारी दिएकी हुन् । ४७ वर्षकी नायिकाले आफ्नो एन्जियोप्लास्टि गरिएको पनि बताइन्।

आफ्नो बुवासँगको फोटो पोस्ट गर्दै उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘‘आफ्नो मुटुलाई खुसी र साहसी राख र यसले तिमीलाई त्यति बेला साथ दिनेछ जब तिमीलाई यो सबैभन्दा बढी खाँचो पर्छ, सोना’ (यो भनाई मेरो विद्वान बुवाको हो ) ।’

यो सँगै उनले थपेकी छिन्, ‘केही दिन अघि मेरो हृदयाघात भयो । एन्जियोप्लास्टी पनि गरियो । यस्तै, मेरो कार्डियोलोजिस्टले मेरो मुटु धेरै ठुलो छ भनेर भन्नुभयो ।’

‘समयमा नै सहयोग गर्ने धेरैलाई धन्यवाद भन्न चाहन्छु,’ उनले थपिन् । ‘यो पोस्टमार्फत् मेरा प्रियजन र प्रशंसकलाई खुसीको खबर सुनाउन चाहन्छु कि अहिले सबै कुरा ठिक छ,’ उनले लेखेकी छिन् ।उनको यो पोस्टले धेरैलाई चकित पारेको छ ।

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेललाई कुनै भूमिका नदिएको भनी विगतमा आफू माथि लागेको आरोप हटेको बताएका छन् ।

आठ दलीय गठबन्धनले संघीय सांसदका लागि राखेको अभिमुखीकरण कार्यक्रममा बोल्ने क्रममा देउवाले राष्ट्रपतिको उम्मेदवार पौडेललाई बनाएर न्याय गरेको बताए ।

‘रामचन्द्रजीलाई मैले कुनै भूमिका भन्ने लाग्दै आएको थियो होला, राष्ट्रपति बनाउँदैछौं’, विगतको स्मरण गर्दै देउवाले भने, ‘लोकतन्त्र र प्रजातन्त्रका लागि उहाँले धेरै दुख पाएको व्यक्ति हो । धेरै पहिले देखिको मेरो साथी हो ।’

सभापति देउवाले संविधान पालना गरेर यसप्रतिको आस्था जगाउने काममा भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए । देउवाले कार्यक्रममा बोलेको विषय उधृत गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले भने, ‘प्रचण्डजीले उहाँको क्षेत्रमा गएर प्रधानमन्त्री बनाउने भन्नुभएको थिएँ । त्यो भन्दा माथिल्लो पदमा ल्याउनुभयो ।’