चिनारीको १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पथरी। चिनारी बोर्डिङ स्कुलको १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । मोरङको पथरीशनिश्चरे (२ मा स्थापित स्कुलले मंगलबार भव्य कार्यक्रमको आयोजना गरी आफ्नो १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

कार्यक्रममा विभिन्न संस्कार संस्कृति झल्कने किसिमको प्रस्तुतिहरु रहेको थियो भने युवा पुस्ताका गायक नन्दु गुरुङको पनि बेजोड प्रस्तुति रहेको थियो ।

विरेन साम्बाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा एन प्याव्सन मोरङका अध्यक्ष सुनिलदत्त अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले आफ्नो कलाकौशल प्रदर्शनी गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, कविता लगायत विभिन्न प्रतिभामार्फत मनोरञ्जन प्रदान गरेका थिए । अभिभावक दिवसका अवसरमा आयोजित बेलुन फुटाउने ९पुरुष० तर्फ का प्रथम, द्धितिय र तृतिय, फुटवल प्रतियोगिताका विजेता, तातो आलु९महिला० तर्फका प्रथम, द्धितिय र तृतिय लगायतका अभिभावकलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका विषिष्ट अतिथि पथरीशनिश्चरे वडा नं २ का वडाध्यक्ष नैना राई, अभिभावक संघका अध्यक्ष नवराज न्यौपाने लगायतले शुभकामना राखेका थिए । वि।सं २०६७ सालमा स्थापित उक्त बोर्डिङ एन। प्याव्सन मोरङमा पहिलो पटक आवद्ध हुने बोर्डिङ हो ।