फोटोशप गरेर चरित्रहत्या गरियो, प्लिज यसो नगरिदिनू : गायिका समीक्षा

काठमाडौं – गायिका समीक्षा अधिकारीले आफ्नो नाम र फोटो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा विभिन्न नकारात्मक पोस्ट र कमेन्ट हुन थालेपछि त्यसो नगर्न आग्रह गरेकी छन् । मंगलबार फेसबुकमा एक पोस्ट गर्दै उनले लेखेकी छन्, ”हुँदा हुँदै फोटोशप गरेर यतिसम्म चरित्रहत्या ? प्लिज यसो नगरिदिनुहोला ।”

यो पनि पढ्नुहोस् :-

बलात्कारको अभियोग दर्ता भए पनि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुव्र्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि जाहेरवालातर्फबाट सरकारी वकिल र पल शाह दुवै उच्च अदालत पोखरा पुगेका थिए। उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यसहितको इजलासले आइतबार साँझ लेखेको संक्षिप्त फैसलामा शाहले सफाइ पाउनुपर्ने कारणहरु उल्लेख गरिएको छ।

फैसलामा बलात्कारको उजुरी परे पनि शाहले प्रहरी र अदालत दुवैमा आरोप अस्वीकार गरेको र जाहेरवालाले अदालतमा उजुरी झूटो भएको बकपत्र गरेकोलाई प्रमाणका रुपमा आधार मानिएको छ।

यस्तै जाहेरवालाले घटनाको ५ महिनापछि शाहलाई गरेको म्यासेज, शाहको पोलिग्राफ परीक्षणलाई पनि प्रमाणका रुपमा हेरिएको बताइएको छ। शाह र जाहेरवालाबीच भएको संवादको अडियो रेकर्ड भने शंकारहित प्रमाण र अन्य वस्तुनिष्ट प्रमाणबाट समर्थित हुन नसकेको पनि फैसलामा उल्लेख छ।