पत्रकार ऋषि धमलामाथि शर्मिला वाइवाको हमलापछि एलिजाको आयो यस्तो प्रतिकृया

काठमाडौं – पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले शर्मिला वाइवाको हमलापछि प्रतिक्रिया दिँदै पतिसँग साथमा रहेको बताएकी छिन् ।गौतमले आफुले ऋषिलाई गर्ने माया र ऋषिले आफुलाई गर्ने मायामा कहिल्यै कमी नहुने बताएकी छन् ।

शर्मिला नाम गरेकी युवतीले मिडियामा आएर आफ्नो र ऋषिको नाम जोडेपछि पत्नी एलिजाको यस्तो भनाइ आएको हो । ऋषिसँग आफ्नो सम्बन्ध लामो समयदेखि रहेको बताएपछि यसले सामाजिक संजालमा बहस नै सिर्जना गरेको छ ।

यहि बहसका बिच एलिजाले सामाजिक संजालमा एक स्टाटस लेख्लै भनेकी छन् जिन्दगीमा कहिले आधी आउँछ, कहिले हुरी आउँछ । तर, तिम्रो र मेरो माया प्रेम कहिले घट्नेवाला छैन । सँगै बाँच्ने सँगै मर्ने कसम खाएर अगाडि बढेको हाम्रो जीवन सात जुनीसम्म पनि हजुरलाई नै पाउँ पनि भगवान्सँग प्रार्थना गर्दछु ।’उनले, धेरै माया भन्दै रोज डेको शुभकामना समेत दिएकी छिन् ।

शर्मिलाले ऋषिसँग आफ्नो सम्बन्ध लामो समयदेखि रहेको बताएपछि ऋषिले भने यस्तो वेतुकको बिषयमा बोल्न आवश्यक नरहेको तर्क गरेका छन् । ३ दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ऋषिलाई पत्रकारिताको जोकरको सर्कस भएको बताए पछि आफु सधै रविको साथमा रहेका बताउदै शर्मिलाले ऋषिसँग आफ्नो नाम जोडेकी थिइन् ।अहिले भने शर्मिलाले कसैको उक्सावटमा बोलेको भन्दै माफी मागकी छन् ।