एकाएक भाइरल भयो टिकटकमा नरेश खाती र अनु चौधरीले गाएको नया गीत

गायक तथा संगीतकार नरेश खातीको भर्खर सार्वजनिक भएको नयाँ गीत ‘मेरो मनमा तिमी’मा समावेश छन् । लामो समयदेखी बिभिन्न गीत लेखन, संगीत र गायनमा सक्रिए रहेका नरेशले शुक्रबार उक्त गीतको भिडियो सहित सार्वजनिक गरेका हुन् । गीतमा नरेशसँगै अन्नु चौधरीको स्वर रहेको छ भने गीतमा शब्द यादव पौडेलले लेखेका हुन् ।

‘मेरो सास भनेनी तिमी मेरो खास भनेनी तिमी ।
मेरो लागी धर्ति अनि आकाश भनेनी तिमी ।।

मेरो मनमा तिमी यो जीवनमा तिमी ।

मेरो मनको मनमन्दिरमा तिम्रै नाम लेखेँ ।
मेरो माया बुझ्न सक्ने तिमी मात्र देखेँ ।।’

सार्वजनिक गीतमा प्रेमभाव भरिपुर्ण देखिन्छ । एक बिपन्न परिवारका श्रीमान र श्रीमतीले जीवन जिउनका लागी गरेको संघर्ष र उनीहरुबिचको प्रेमलाई भिडियोमा देखाइएको छ । भिडियोमा गायक नरेश स्वयमले अभिनय गरेका छन् भने उनलाई उषा उप्रेतीले साथ दिएकी छिन् । साथै बालकलाकार सेजनी शर्माको पनि अभिनय रहेको छ ।

भिडियो क्रान्ति केसीले निर्देशक तथा सम्पादन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् । गीतको भिडियोलाई सार्वजनिक भएको १६ घण्टामा ७ हजार माथिले हेरेका छन् । भिडियोमा आएका अधिकांश प्रतिक्रिया सकारात्मक छन् । गीतलाई दर्शकले मन पराउनेमा गायक नरेश विश्वस्त छन् । उनले यसअघिका आफ्ना गीतजस्तै गरी दर्शक तथा स्रोतामा मनमा बस्नेमा विश्वास राखेका छन् ।

नरेशका यसअघिका ‘माया मारेर’, ‘हाम फालमकि झुन्डिएर मरम’ लगायतका गीत हिट छन् ।