टुङ्गियो चितवनकी सविता भण्डारी मृत्यु प्रकरण : मुद्दा चल्दै गर्दा ससुराको मृत्यु

ससुरा रमेश धितालले यौ’न हिं’सा गरेका कारण मर्न बा’ध्य भएको आरो’प लागेको थियो । आरो’पित धितालको गत वर्ष मृ’त्यु भयो । अघिल्लो दिन विवाह वर्षगाँठ मनाएका सविता र योगेन्द्रको घरमा भोलिपल्ट दुःखको घट’ना भएको थियो । ०७८ वैशाख ४ गते दिनको ५ बजेतिर सविता आफ्नै कोठाको झ्यालमा रहेको ग्रीलमा सलको पा’सो लगाएर झु’न्डिएको अवस्थामा फेला परेकी थिइन् ।

काठमाडौँ कोटेश्वरकी सविता (२८ वर्ष) र चितवन भरतपुर महानगर–१९, बखानचोक घर भएका योगेन्द्र धिताल (३९ वर्ष)बीच ०७१ साल वैशाख ३ गते विवाह भएको थियो । विवाहपछि श्रीमान्श्रीमती नै विदेश गएका थिए । उनीहरु केही वर्षअघि फर्किएका थिए । उनीहरुको एक सन्तान (छोरा) छन् ।

आ’त्महत्या दुरूत्सा’हनसम्बन्धी घटनामा सविताको श्रीमान्, ससुरा र अमाजू मुछिएका छन् । उनीहरुमध्ये श्रीमान् योगेन्द्र धितालविरूद्ध सविताको माइतीतर्फका बुबा रामचन्द्र भण्डारीले वैशाख १२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा कि’टानी जाहेरी दिएका थिए ।

सविता र ससुरा रमेशबारेको भिडियो सार्वजनिक भएको थियो । अदालतमा बयान दिँदा तिनै ससुराले भनेका थिए, ‘आँखामा औषधि हालेको हो, यौ’न हिं’सा होइन । ’सविताको मृत्युमा आफूहरुको कुनै भूमिका नरहेको तीनैजनाको बयान छ । उनीहरुका अनुसार सविताले नियमित डिप्रे’सनको औषधि खान्थिन् र चितवन मेडिकल कलेजमा उनको नियमित स्वास्थ्य जाँचसमेत हुँदै आएको थियो ।

यौ’न हिं’साको आ’रोप लागेका ससुरा रमेशले बयानमा छोरीजस्तै गरी ममता दिइराखेको उल्लेख छ । सुरूमा फरार भनिएकी अमाजू भावना धिताल जेठ १९ गते चितवन अदालतमा उपस्थित भइन् । बयानको क्रममा भावनाले आफूमाथिको आ’रोप झू’टो भएको बताइन् ।

०७८ जेठ १४ गते भएको आदेशअनुसार श्रीमान् र ससुरालाई जनही १ लाख धरौटी माग भएको थियो । उनीहरु धरौटी राखेर तारेखमा छुटेका थिए । अमाजूलाई भने जेठ १९ गते २५ हजार धरौटी माग भएको र उनी पनि धरौटी राखेर छुटेको चितवन अदालतका श्रेष्तेदार ईश्वर आचार्यले बताए ।

ससुरा रमेशकुमार धिताल शिक्षक पेसाबाट निवृत्त रहेको र स्वास्थ्य कमजोर भई उठबस गर्नका लागि पनि अरुको सहारा चाहिने अवस्थामा रहेको उनको आफन्तजनको भनाइ छ । मुलुकी अप’राधसंहिता, २०७४ को दफा १८५ को उपदफा १ बमोजिमको कसुर अप’राध गरेको भनी अभियोगपत्रमा उल्लेख थियो ।