शाहरुख खानलाई एक युवतीले डेटमा जाने राखिन् प्रस्ताव , शाहरुख भन्छन्– एउटा कुल केटा खोजेर पठान हेर्न जाउ

पठानको सफलताले यो सिजन शाहरुख खानको सिजन हुने भएको छ । नायकको भूमिकामा पर्दामा आगो लगाउने शाहरुखलाई ४ वर्षपछि जनताले धेरै माया दिइरहेका छन् । ‘पठान’ले बक्स अफिसमा कमाईको यस्तो पहाड बनाई रहेको छ जसले बलिउडका धेरै पुराना रेकर्ड तोडेका छन् ।

शाहरुखको सफलतामा उनका सामाजिक सञ्जाल फ्यानहरुको ठूलो हात थियो । ‘पठान’ को प्रमोशनमा शाहरुखले सहर–शहर जाने र कार्यक्रममा सहभागी हुने जस्ता पुरानो तरिका अपनाएका छैनन् । बरु ‘पठान’ रिलिज हुनुअघि शाहरुखले सामाजिक सञ्जालमा धेरै कुरा गरेका थिए ।

फिल्मको कीर्तिमानी सफलतापछि पनि शाहरुखले आफ्ना फ्यानहरूसँग अनलाइन अन्तरक्रिया गर्न छोडेका छैनन् । एक महिला प्रयोगकर्ताले शाहरुखलाई ट्विट गर्दै भनिन्, -‘विवाहको प्रस्ताव होइन, तर के म तिमीलाई भ्यालेन्टाइन डे डेटमा जान भन्न सक्छु ? धेरै मायाका साथ जवाफ दिँदै शाहरुखले लेखे,-डेटको रूपमा म धेरै बोरिङ छु। केही कूल केटा लिएर पठानलाई थिएटरमा हेर्नुहोस्।