सुजन बराईली र देबि घर्तिको स्वरमा “मल्लाज दरबार” सार्वजनिक

काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा गायक तथा सर्जक सुजन बराईलीको मौलिक पञ्चेबाजा “मल्लाज दरबार” सार्वजनिक भएको छ । यस गीतमा सुजन बराईली र देबी घर्तीको स्वर रहेको छ भने शब्दका खानी चर्चित गीतकार प्रल्हाद सुबेदीको शब्द र सुजन बराईली कै संगीत रहेको छ । यस गीतको भिडियोलाई सुजन बराईलीको जन्मभुमी मल्लाज, पर्वतका रमणिय स्थलहरुमा छायांकन गरिएको हो ।

भिडियोलाई चर्चित निर्देशक कुमार कुसीले निर्देशन गरेका हुन् । महेश महराले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोमा शिशिर पौडेल र नारायणी खत्रीले अभिनय गरेका छन् ।

यस गीतलाई सुजन बराईली कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।