“तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९” भब्य रुपले सम्पन्न

काठमाडौं, नेपाल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितिको आयोजनामा “तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९” भब्य रुपले सम्पन्न भएको छ । यस कार्यक्रममा सोही समितिका अध्यक्ष सुवास अस्लामी थापा मगरको अध्यक्षता र केन्द्रिय बरिष्ठ उपाध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा केन्द्रिय निवर्तमान अध्यक्ष बद्री पंगेनी, केन्द्रिय उपमहासचिव शिब हमाल, केन्द्रिय सचिवहरु कृष्ण रेउले र हरी डाँगी, केन्द्रिय सदस्यहरु पिएन सापकोटा र राजकुमार रायमाझी, उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापा, उपत्यका समन्वय समितिका निवर्तमान अध्यक्ष सुजन लम्साल लगायत धेरै कलाकारहरुको उपस्थिती रहेको थियो । तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता २०७९ मा १६ समुहले भाग लिएका थिए । “तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९”  संयोजकको रुपमा सोही समितिका सचिव प्रकाश रसाईली भाबुक रहेका थिए ।

“तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९” को उद्घाटन केन्द्रिय बरिष्ठ उपाध्यक्ष रिता थापाले गरेकी थिईन् । “तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९” मा उपत्यका समन्वय समिति A (निर आले मगर र डोलराज बारघरे) प्रथम, केन्द्रिय समिति A (कृष्ण रेउले र ईश्वरी पन्त) द्धितिय, उपत्यका समन्वय समिति B (रमेशबाबु थापा र साधुरामा रोका) र सुन्धारा समिती A (चेतन गोतामे र युवराज गुरुङ) तृतिय हुन सफल भएका थिए ।

“तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९” को अवसरमा नयाँ बसपार्क समितिका संस्थापक संयोजक एबं वर्तमान उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापालाई नयाँ बसपार्क समितिको प्रमुख संरक्षक र बसपार्क समितिका पुर्व अध्यक्ष एबं उपत्यका समन्वय समितिका सचिव रमेश बाबु थापालाई संरक्षकको रुपमा नियुक्त गरी प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

“तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९” लाई नेपाली रेडियो नेटवर्क मार्फत देशैभरका एफएम स्टेशनहरुबाट राजकुमार रायमाझीको साथमा प्रत्यक्ष प्रसारण गरिएको थियो । प्रत्यक्ष प्रसारणको लागी संयोजन प्रकाश बराईली अभिब्यक्तिले गरेका थिए । कार्यक्रमलाई प्रचार प्रसार गरी सहयोग गरेको भन्दै प्रकाश बराईली अभिब्यक्ति, राज कुमार रायमाझी, कबिराज ढकाल, सन्तोष पौडेललाई पनि सम्मान गरिएको थियो ।