तरकारी सडकमा फालेको देखेपछि रबिले के भने यस्तो, सामाजिक सञ्जालमा तहल्का मच्चायो (भिडियो हेर्नुहोस)

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किसानले उत्पादन गरेका तरकारी सडकमा फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न लागिपर्ने बताएका छन् ।

भारतीय तरकारीका कारण नेपाली उत्पादनले बजार नपाएको भन्दै आज चितवनका किसानले पुलचोकमा तरकारी फालेका थिए ।

सडकमा फालेको तरकारीको फोटो सामाजिक सञ्जालमा राख्दै रविले सडकमा तरकारी फाल्नुपर्ने बाध्यताको अन्त्य गर्न समाधान खोजिने बताए । साथै उनले केहि दिनमै चितवन आउने बताएका छन् ।

उनले लेखेका छन्, ‘प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नु पर्ने बाध्यतामा छन् देशका किसान । देशका किसानले उत्पादन गरेको तरकारीको मुल्य छैन, बजार छैन । p>किसानले सुनौलो भबिस्यको सपना बुन्दै उत्पादन गरेको तरकारी मुल्यहिन बनेर सडकमा फाल्नुपर्ने यो दर्दनाक अवस्थाको अन्त्य गर्न लागीपर्ने छौं। समस्या थाहा छ, समाधान खोज्ने छौं। प्रिय चितवन, केही दिनमा भेट्न आउदैछु है।’

यो पनि पढ्नुहोस् :-

चितवन । चितवन २ मा मतगणना सुरु भएको छ। सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् ।

लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन् । यता ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ ।

जारी मतगणनामा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जनले ७७ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९० मत पाउँदा राप्रपाका उम्मेदवारले ७६ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ९७ मत ल्याएका छन् ।

त्यस्तै भक्तपुर प्रतिपनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । सोमबार बिहानदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ। यस्तै काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मतगणना भर्खरै सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिए ।

चार स्थानमा मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ ।

मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन् ।

मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको निर्वाचन अधिृकत श्रेष्ठले जानकारी दिए । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक/एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ । सो क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको थियो ।

सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा (एमाले)का श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा हुनुहुन्छ ।