पोखरामा आगोमा जल्नेलाई बचाऊन जादा घाइते भएकी संगीताको मृत्यु

” पोखरा महानगरपालिका वडा नम्बर १३, काहुँखोलामा आइतबार आत्मदाहको प्रयास भएको थियो । आइतबार डेरावाल युवकलाई बचाउने क्रममा जलेर घाइते भएकी महिला संगीता सापकोटाको मृ,त्यु भएको छ । काहूँखोलाकी ४०, वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान, प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृ,त्यु भएको हो ।आगोमा ज”ल्दै गरेका काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्रीलाई स्थानीयले अस्पताल लगेका थिए । प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ११” बजे मृ,त्यु भएको पुष्टि गरे ।

सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए । क्षत्रीलाई बचाउने क्रममा घर बेटी स्वंय सख्त घाइते भएकी थिइन् । दुवै जनालाई छिमेकीले उ;द्धार गरी अस्पताल पुर्‍याएका हुन् ।

अस्पतालमा उपचार गराइरहेका कृष्णबहादुरको हात, खुट्टा र अनुहार जलेको छ । उनको अवस्था हालसम्म सामान्य रहेको चि,कित्सकले बताएका छन् ।उनले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुलेको छैन । कृष्णबहादुरले आफ्नै शरीरमा पे,ट्रोल छर्केर आ,त्मदाहको प्रयास गरेको र जोगाउन जाँदा सापकोटासमेत घाइते भएको प्रत्यक्षदर्शीले बताएका थिए ।