पाथीभरा माताले हामी सबैको रक्षा गरुन्, थाहा पाउनुहोस् आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकको लागि धनलाभ हुनसक्छ । व्यापार व्यवसायबाट पनि लाभ हुनेछ । दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख मिल्नेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । कसैसँग विवाद हुने काम नगर्नुहोला । आजको दिन नयाँ काम नगर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्यलाभ हुनेछ । तपाईंलाई शत्रुले समेत सम्मान गर्नेछन् । आजको दिन आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । सकारात्मक सोच र नियमित काममा मात्र ध्यान दिनुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन तपाईंको मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछ । सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने दिन कष्टकर हुनेछ । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज हरेक कुराका सकारात्मक सोच राखेका काम गर्नु पर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईंका लागि हानी हुनेछ । परिवारका सदस्यसँग पनि विवाद हुने कुरा नगर्नुहोला । मौन रहनु उत्तर हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
तपाईंको लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका पनि व्यवधान आउनसक्छ । नयाँ बस्त्र खरिद गर्दा सुख मिल्नेछ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आजको दिन मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । मित्रमण्डलीसँग विवाद हुनसक्छ । आजको दिन सोच विचार गरेर काम गर्नुहोला । देवालय र शिवालयको यात्राले मनमा शान्ति हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन सुुरु गरेको काम सफल हुनेछ । व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख समृद्धि प्राप्त हुनेछ । मनमा प्रसन्नता छाउने छ । अर्थलाभ समेत हुनेछ । कसैलाई सापटी दिनुभएको धन समेत प्राप्त हुने योग रहेको छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आज मेरो समय अनुकुल छैन, भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राका लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा नै उपयुक्त हुनेछ । आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
सूर्यको दर्शन गरेर मात्र दिनको काम शुरुवात गर्नुहोला । आज सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । चन्द्रमाको साथ रहेकाले सोचअनुसारको काम हुनेछ । आजको दिन घरका श्रेष्ठ, जेष्ठ व्यक्तिको आशीर्वाद लिएर काम गर्नु वेश हुनेछ

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आज सामाजिक मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन देवालय यात्राले सामाजिक सेवा भाव जाग्नेछ । सबैको भलो हुने काम गर्दा परिवार र समाजमा आदरभाव बढ्ने छ । मकर राशि भएका व्यवसायीले घरका श्रेष्ठ आभिभावकलाई नयाँ बस्त्र दिनुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मन निकै प्रसन्न हुनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन देवालय दर्शनले मनोकाक्षा पुरा हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
स्वास्थ्यमा ख्याल राख्नुहोला । आकस्मिक संकट छाउने छ । मनमा भय भएपनि आज देवतालाई सम्झदा लाभ हुनेछ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र आफ्नो नियमित काम बाहेक अन्य काममा ध्यान नदिनुहोला । परिवारका श्रेष्ठ सदस्यलाई मिष्ठान भोजन खान दिनुहोला ।