सोलुदुधकुण्ड नगरपालिका ६ को वडा कार्यालय भवन उद्घाटन

 

मोरङ। सोलुदुधकुण्ड वडा नम्बर ६ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन भएको छ ।

पहिले भाडाको कोठामा संचालन हुदै आएको वडा कार्यलय बुधबार दोर्पुमा उद्घाटन भए संगै सोलुदुधकुण्ड नगरकै पहिलो नवर्निमित भवन बन्न पुगेको छ ।

कार्यलयलाई प्रदेश १ का समाजिक विकास मन्त्री बुद्धि कुमार राजभण्डारी, जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला र नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

जिल्ला समन्वय समितिको ५९ लाखको लागतमा निर्माण गरिएको उक्त भवनको २०७८ पुस २५ गते शिलन्यास गरिएको थियो । वडा कार्यालय भवन खुम्बिला निर्माण सेवाले निर्माण गरेको हो ।

जिल्ला समन्वय समितिले पर्यटन रोयल्टीको रकमबाट जिल्लाको २९ वटा वडा कार्यालय निर्माण गर्ने योजना छ ।
वडाध्यक्ष फूरी ग्याल्जेन शेर्पाको अध्यक्षता तथा प्रदेश १ का समाजिक विकास मन्त्री बुद्धि कुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कोपिला राई, सुरक्षा निकायहरुको प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले, जनताको आवश्यकता अनुसार दिगो विकासका निम्ति अघि बढ्नु पर्ने बताउदै अफु क्षेत्रको बिकासमा सधै अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।