फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बने रवि लामिछाने

काठमाडौं, १५ माघ । अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रवि लामिछानेलाई सभापतिको जिम्मेवारी दिने राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेको छ ।

गत शुक्रबार सर्वाेच्च अदालतले पुनः प्रक्रिया पु¥याएर नेपाली नागरिकताको प्रमाणपत्र नलिएको भन्दै लामिछानेको सांसद र उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेसँगै पार्टी सभापतिबाट अगल भएका थिए ।

तर, आइतबार बिहान कार्यालय खुलेसँगै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएका थिए । निस्सा बुझाएको केही समयमै उनले पुन नेपाली नागरिकताको प्रमाणपत्र लिए ।

यसपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले लामिछानेलाई पार्टीको सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुखख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेबाट प्रधानमन्त्रीमाथि दबाब सृजना भएको समाचार सार्वजनिक भइरहेका बेला ओली बालुवाटार पुगेका हुन् ।

आइतबार अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले पुनः नागरिकताको प्रमाणपत्र बुझेपछि उनलाई फेरि गृहमन्त्री बनाउन एमालेले दबाब दिएको भनिएका बेला दुई शीर्षनेताबीच छलफल भएको हो ।