बालेनको पद धरापमा, कसले खेल्दै छ यस्तो खेल ?

काठमाडौं । निर्वाचन आयोगलाई साढे ७ लाख जरिवाना नतिर्दा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ को पद धरापमा परेको छ ।

स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित भएका बालेनले आयोगलाई तोकेको समयमा निर्वाचन खर्च विवरण नबुझाएपछि फागुन मसान्तभित्र जरिवाना तिर्नका लागि समय दिइएको छ । यदि उक्त समयभित्र जरिवाना नतिरे पद खारेज हुने आयोगले जनाएको हो ।

आयोगका अनुसार स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएका अधिकांशले जरिवाना तिरिसकेका छन् । तर, मेयर बालेनले भने जरिवाना नतिरेको आयोगले जनाएको छ ।

आयोगले साढे सात लाख रुपैयाँ जरिवाना तिर्न भनेर निर्देशन दिए पनि मेयर बालेन जरिवाना नर्तिने अडानमै छन् । उनले मङ्सिर २८ गते जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए ।

यसअघि निर्वाचन आयोगले काठमाडौंका मेयर बालेनसहित धरान उपमहानगरका मेयर हर्क साम्पाङ, चितवन महानगरकी रेणु दाहाललगायत स्थानीय तहबाट निर्वाचित कयौँ जनप्रतिनिधिहरुले निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना तिराएको थियो ।

यो पनि पढ्नुहोस् :
काठमाडौं – पत्रकार ऋषि धमलाकी पत्नी नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छिन् ।उनी रेशम चौधरी नेतृत्वको पार्टी प्रबेश गर्न लागेकी हुन् ।

उनलाई रेशम पत्नी तथा नगरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीले पार्टीमा स्वागत गर्ने भएकी छिन् । मोडल गौतमलाई पार्टी प्रबेश गराउन रुपन्देहीको भैरहवामा एक कार्यक्रम आयोजना गरिएको छ ।

शम चौधरीकी श्रीमती समेत रहेकी रन्जीता यसै कार्यक्रमको लागि आज भैरहवा आउने कार्यक्म रहेको एक नेताले जानकारी दिए । नायिका गौतम फिल्म अनुराग मार्फत फिल्म क्षेत्रमा प्रबेश गरेपनि फिल्मले राम्रो सफलता हात पार्न भने सकेन् । सामाजिक कार्यमा समेत सकृय एलिजा म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् ।

बलिउडमा सबैभन्दा सुन्दरी अभिनेत्रीको रुपमा चिनिन्छ माधुरी दीक्षितलाई । त्यतिमात्र हैन जब बलिउडकी धक(धक गर्ल माधुरी दीक्षितको कुरा आउँछ, उनको अभिनय र नृत्यको बारेमा सोच्न पनि असम्भव छ।

माधुरीले एकभन्दा बढी फिल्म गरिसकेकी छिन् । उनका अधिकांश फिल्म सुपर डुपर हिट पनि साबित भए ।

जसमध्ये सलमान खानसँगको उनको फिल्म ‘हम आपके है कौन’ले बक्स अफिसमा धमाका मच्चाएको थियो । फिल्म यति हिट भयो कि आज पनि मानिसहरु यसलाई हेर्न आतुर छन् ।

फिल्ममा दुवैको अन स्क्रिन रोमान्सलाई दर्शकले रुचाएका छन् । माधुरीले सलमान खानसँग धेरै फिल्म गरिन् तर के तपाईंलाई थाहा छ उनलाई फिल्म ‘हम साथ साथ हैं’ को अफर पनि आएको थियो ।

तर केही कारणले माधुरीले फिल्म अस्वीकार गरिन् । जब माधुरीको एन्ट्री पर्दामा हुन्छ, दर्शकको भीड थिएटरमा हुन्छ। उनलाई हेर्न सबै आतुर थिए । सन् १९९१ मा आएको फिल्म ‘साजन’ मा सलमान र माधुरीको जोडी निकै रुचाइएको थियो ।

यी दुई सन् १९९३ मा ‘दिल तेरा आशिक’ मा पनि सँगै देखा परेका थिए । यसैबीच माधुरीलाई फिल्म ‘हम साथ साथ हैं’ अफर आएको थियो । तर यो फिल्ममा उनलाई सलमान खानको भाउजुको भूमिका अफर गरिएको थियो ।

माधुरी दीक्षित आफैंले यसको खुलासा गर्दै भनिन्, ‘हम आपके है कौन’का निर्देशक सूरज बडजात्या मलाई कास्ट गर्न चाहन्थे तर कुन भूमिकामा गर्ने भन्ने चिन्ता थियो । हामीले करिश्मा कपूर र सोनाली बिन्द्रेलाई खेल्न सकिन किनभने हाम्रो हम आपके है कौन हिट थियो। लामो छलफलपछि मलाई सलमानको भाउजुको भूमिका दिने निर्णय भयो ।

यसमा सलमान खानले आफ्नी भाउजुको खुट्टा छोएर अँगालो हाल्ने दृश्य छ । यही कारण मैले यो भूमिका अस्वीकार गरें । माधुरी दीक्षितले इन्कार गरेपछि मात्रै तब्बुलाई यो भूमिका दिइएको बताइन् ।

अभिनेत्रीले भनिन्, ुहम आपके है कौनु पछि हाम्रो रोमान्सको धेरै तारिफ