अभिनेता पुष्प खड्काले ३४ वर्षमा गरे ब्रतबन्ध

नेपाली फिल्मका अभिनेता पुष्प खड्काले ३४ वर्षको उमेरमा व्रतबन्ध गरेका छन्। उनले बिहिबार सरस्वती पूजाको मुर्हत पारेर आफ्नो जन्म घर कैलाली पुगेर आफ्नो व्रतबन्ध सम्पन्न गरेका हुन्। हिन्दू परम्परामा ब्रतबन्ध नगरी विवाह गर्न मिल्दैन।

खड्काले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत ब्रतबन्ध गरेको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘आज मिती माघ १२ गते बिहीवार सरस्वती पूजा को मुर्हत मा हाम्रो पुरानो घर ‘जन्म घर’ हाम्री ममतामयी आमा बुवा दिदी बहिनी साथी इस्टमित्र छिमेकी अनी नजिक का नातेदार अनी मेरा आदरणीय पन्डितजि सबैको उपस्थिती र आशिर्वाद संगै म पुष्प खड्का को ब्रतबन्ध काम सम्पन्न गरेउ।’

उनले २०७१ साल देखि फिल्म क्षेत्रमा डेब्यु गरेका हुन्। उनले पहिलो पटक फिल्म तुलसी घिमिरेको दर्पण छाया–२ मा अभिनय गरेका थिए भने त्यहि वर्ष नवल नेपालको फिल्म मंगलममा पनि अभिनय गरेका थिए।

यस्तै २०७५ दाल भात तरकारी साथै त्यहि वर्ष मारुनी फिल्ममा पनि अभिनय गरेका थिए भने २०७९ मा तिम्रो मेरो साथमा अभिनय गरेका थिए। यस सँगै उनले धेरै म्युजिक भिडियोमा पनि अभिनय गरेका छन्।

खड्काले २०७१ मा यंग माइन्ड्स इन्टरटेनमेन्ट अवार्ड, २०७० मा बेस्ट मोडल अफ द इयर, २०७४ मा राष्ट्रिय चलचित्र पुरस्कार, २०७४ मा मंगलब फिल्मबाट उत्कृष्ट अभिनेता पुरुष अवार्ड, २०७५ मा १० औं डी–सिने पुरस्कारबाट सर्वश्रेष्ठ अभिनेता पुरुष अवर्ड र २०७५ चौथो सुन्दरादेवी सन्देश संगीत पुरस्कारबाट सर्वश्रेष्ठ पप मोडेल जीतेका थिए।

यो पनि पढ्नुहोस् :-

काठमाडौं ।

चर्चित लाइभ दोहोरी गायक भीम पौडेलको निधन भएको छ ।
उनको राति निधन भएको बताइएको छ । उनको पार्थिव शरीरलाई आज पोखरा लैजाने तयारी गरिएको छ ।

पौडेलको के कारणले ज्यान गयो भने अहिले सम्म खुल्न सकेको छैन तर उनी डिप्रेसन रहेको कतिको भनाइ छ ।

लाईभ दोहोरी मार्फत छोटो समयमै उनी निकै चर्चामा थिए । पछिल्लो समय कलाकारहरु धेरै डिप्रेसनमा जाने खबर आइरहेका छन् ।

यो पनि पढ्नुहोस् :-

केही दिनअघि सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अलग भएको खबर आएको थियो तर अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । हालै दुवै एक अवार्ड शोमा सँगै देखा परेका थिए । दुबैलाई सँगै देखेर उनका फ्यानहरु पनि निकै खुसी भएका थिए । यो भिडियो सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ ।

जसमा दुबै एकअर्काको छेउमा बसेर धेरै कुरा गरेको देखिन्छ । यो भिडियो एउटा अवार्ड कार्यक्रमको हो, जसमा अर्जुन कपुर अवार्ड जितेपछि भाषण दिइरहेका छन् र कियारा-सिद्धार्थ आफ्नो शब्दमा हराएका छन् ।

दुबै मुम्बईमा भएको पिंकभिला स्टाइल आइकन अवार्डमा सहभागी भएका थिए। अवार्ड नाइटमा कियाराले बैजनी रंगको शिमर गाउन लगाएकी थिइन् ।

सोही क्रममा सिद्धार्थ सुन्तला रंगको सूटमा नीलो जुत्तामा देखिए । सिद्धार्थ र कियाराको यो क्यूट भिडियो हेरेपछि फ्यानहरुले रमाइलो कमेन्ट पनि गरिरहेका छन् ।एक फ्यानले लेखे, – सिड-कियारा आफ्नै संसारमा व्यस्त छन्। अर्का फ्यानले लेखेका छन्, – पहिलो पटक म यति खुसी छु कि केही मानिसले आफ्नो मात्र ख्याल राख्छन्। जबकि तेस्रोले लेखे, – यी संसारका उत्कृष्ट जोडी हुन्।

भिडियो हेरेर एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखे, – यिनीहरू जतिसक्दो चाँडो बिहे गर। फिल्म शेरशाहमा सिद्धार्थ र कियाराले आफ्नो केमेस्ट्रीबाट मानिसको मनमा विशेष स्थान बनाएका छन् । उनीहरुको अन-स्क्रिन जोडीलाई लिएर फ्यानहरुको मन दुखेको थियो । दुबैलाई एकसाथ मन परेको छ ।