घरको यो दिशामा राख्नुहोस् सिक्काले भरिएको कचौरा : धन बढ्छ !

वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा हरसमय सुख र शान्ति कायम रहन्छ। यहाँ बताइएका सजिला कामहरूमा विशेष ध्यान दिनुभयो भने घरमा नकारात्मक ऊर्जा हटेर सकारात्मकता ल्याउन सकिन्छ।घर सफा गर्दा पानीमा अलिकति नून हाल्नुस् ।

यसो गर्दा घरमा सकारात्मक ऊर्जा छाउँछ । यस्तो ऊर्जा भएको घरमा कहिल्यै धनको कमी हुँदैन। घरको उत्तर र दक्षिण दिशामा पैसाको सिक्काले भरिएको कचौरा राख्नुस् । यो घरको नेतृत्वको दिशा हो ।

यहाँ धातुका सिक्काले भरिएको कचौरा राख्दा फाइदा पुग्छ। घरमा परिवारको फोटो झुण्ड्याउनका लागि दक्षिण पश्चिम दिशा सबभन्दा उत्तम हुन्छ । यस दिशामा फ्यामिली फोटो राख्दा परिवारसँग मिलेर काम फत्ते गर्न सकिन्छ ।

घरको पूजाकोठामा अन्य देवताका साथसाथै वास्तुदेवताको तस्वीर पनि राख्नुस् । अनि उहाँको तस्वीर वा मूर्तिमा नियमित पूजा गर्नुस् । यसो गर्दा वास्तुदोष हटेर जान्छन् ।

घरको छतमा राखिने पानी टंकी दक्षिणपश्चिम दिशामा राख्नु ठीक हुन्छ । अन्य दिशामा टंकी राख्नु अशुभ हुन्छ । अन्य दिशामा टंकी छ भने रातो धागोमा क्रिस्टल बाँधेर टंकीमा झुण्ड्याउनुहोला ।

घरका हरेक सदस्यले कोठाको ढोकामा खुट्टो नतेर्सिने गरी सुत्नु जरूरी हुन्छ । वास्तु अनुसार यसरी सुत्नु सही होइन । यसो गर्दा धनको समस्या आइलाग्छ ।भान्सामा आगो र पानी नजिकै नराख्नुहोला । यी दुई परस्पर विरोधी चीज हुन् । यिनलाई सँगै राख्दा काममा असफलता पाइन्छ।

यसैगरी शास्त्र भन्छ ‘दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ ।’ रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ । दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ

हनुमान चालिसा :हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जाग्रित हुन्छ ।

फलामको उपकरण : सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो ।मुला :सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिल्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट रोक्छ ।

फूल :सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

दुर्गा सप्तसती पाठ:दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ ।