किन महिनावारी हुनु १ साता अघिदेखि नै किन हुन्छ इरिटेसन?

महिलाको लागि महिनावारी नियमित प्रक्रिया हो। धेरै महिलालाई महिनावारीले मानसिक समस्या गरिरहेको हुन्छ। अहिले महिलाहरू काममा धेरै व्यस्त छन्। उनीहरूको खाने, सुत्ने ठेगान छैन। जसले गर्दा महिनावारीमा गडबडी आएको छ। खानपिन सरसफाई र नियमित ध्यान योगामा समेत महिलाहरूको ध्यान पुग्न सकेको छैन।

धेरै महिलामा महिनावारी हुनुभन्दा १ साता अघिदेखि सानो कुरामा चित्त दुख्ने,मुड स्विङ हुने र इरिटेट हुने हुन्छ। यस्तो बेलामा सानो कुराले चित्त दुख्छ, रून मन लाग्छ।

महिनावारी भएको १४ दिनमा अण्डा फुट्ने समय हुन्छ। अण्डा फुटिसकेपछि हर्मोन तलमाथि भइराख्छ। त्यसपछि ब्यालेन्समा आउने बेलामा महिलालाई मुड स्विङ हुने गर्छ। त्यो बेलामा कसैलाई ठिकै खालको हुन्छ तर कतिलाई भने धेरै समयदेखि यस्तै भइरहेको हुन्छ। यस्तो बेलामा स्त्रीरोग विशेषज्ञकहाँ जानुपर्छ। तर कहिलेकाहीँ हुनेको भने नियन्त्रण गर्न सकिन्छ।

हर्मोनको गडबडीले नै यस्तो हुने हो। महिनावारी हुनुभन्दा १ सातादेखि १० दिनसम्म यस्तो हुन्छ। महिनावारी भएपछि बिस्तारै इरिटेट हुन ठीक हुन्छ। १५ देखि ३५ वर्षमसम्मको महिलालाई यस्तो हुन्छ। यस्तो समस्या भएको बेलामा दिउसो १ घन्टा सुत्ने हो भने धेरै हदसम्म ठीक हुनसक्छ। मनतातो पानी खाने, स्वस्थ खाना खाने अनि ध्यान, योगा र व्यायामले पनि कम गर्छ। मोटोपनाले यस्तो समस्या बढाउन सक्छ।

महिनावारीको समयमा इरिटेट हुनेहरूले घरपरिवारलाई भन्नुपर्छ। सँगै आफूले आफैंलाई बुझाउनुपर्छ। यस्तो बेलामा रिस नियन्त्रण गर्नुपर्छ भने खानामा ध्यान दिनुपर्छ।

यस्तो समस्यालाई ख्याल गरिएन भने मानसिक समस्या समेत हुनसक्छ।

महिनावारीको समयमा अझै पनि महिलाहरूलाई गाह्रो छ। गाउँघरमा छुवाछुतको व्यवहार गरिन्छ। यो एउटा नियमित प्रक्रिया हो भनेर बुझाउन सक्नुपर्छ। यसले गर्दा महिलाको शरीरमा भएको अनावश्यक तत्व बाहिर जान्छ।

महिनावारीको बेलामा अरू बेलाभन्दा धेरै ध्यान दिनुपर्छ। यस्तो समयमा महिलाहरू भावनात्मक रूपमा समेत कमजोर भएका हुन्छन्। फलफूल,तरकारी र प्रोटिन भएको खाना धेरै खानुपर्छ। कम्तीमा ८ घन्टा सुत्नुपर्छ।

काम गर्ने ठाउँमा बुझ्ने खालको छ भने सजिलो हुन्छ। तर त्यस्तो ठाउँमा पनि जनचेतनाको काम गर्‍यो भने र बुझाउन सक्यो भने काम गर्ने ठाउँमा पनि बुझ्छन जस्तो लाग्छ।

सबै महिलालाई एकै किसिमको अप्ठ्यारो हुँदैन। ७० देखि ८० प्रतिशतलाई दुखाइ हुन्छ। १२ देखि २४ घन्टा दुख्छ तर धेरै दुख्यो भने भने प्यारा सिटामोल तथा ब्रुफिन खान सकिन्छ। पाठेघर र डिम्बासयमा समस्या भए औषधीले हुँदैन। यसको लागि नजिकको स्त्रीरोग विशेषज्ञकहाँ जँचाउनुपर्छ।