अन्जली अधिकारी र बिमल अधिकारीको अभिनयमा मन परेको माया बजारमा

नेपाली लोक संगीत क्षेत्रमा आम नेपालीको मन मुटुमा बस्न सफल जनताका प्रिय गायक बद्री पंगेनि र गायिका सुनिता बुढा क्षेत्रीको सुमधुर आवाजमा नया लोकदोहोरी गीत “मन परेको मान्छे” बजारमा आएको छ। एक प्रेमी प्रेमिकाको साचो कथालाई जोड दिएर ल्याइएको उक्त गीतमा प्रेमीले गर्ने माया र प्रेमिकाले गर्ने मायालाई बिशेष ध्यान दिएर सृजना गरिएको छ।

गायक बद्रि पंगेनीले गायका अन्य गीत मध्ये यस गीतमा शब्दहरु झन् उत्कृष्ट पाउन सक्छौ जस्तै “गोरेटोमा तिमीलाई भेट्दा हुन्छ हाँसु हाँसु ,दोबाटोमा पुगेपछि आँखाभरी हाँसु’जस्ता मर्मस्पर्शी सृजनाले भरिएको गीतमा संगीत पनि उक्तिकै मिठो रहेको छ ।

गीत संगीत भनेपछि हुरुक्कै हुने सर्जक रामचन्द्र बोगटीको प्रस्तुतिमा बजारमा आएको गीतमा शब्द संगीत पनि रामचन्द्र बोगटीकै रहेको छ। लोकप्रिय मोडल अन्जली अधिकारी र बिमल अधिकारीको दमदार अभिनय रहेको गीत देशको प्राकृतिक सौन्दर्यले भरिएका भेगहरुमा दृश्य कैद गरिएको छ।

रामचन्द्र बोगटी अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीत यतिबेला आम नेपालीको मन मुटुमा बस्न सफल भएको छ।गीतको शब्दमा प्रयोग भएको प्रेमरस र त्यस भित्रको कथानले गीतलाई सुनमा सुगन्ध भर्न सघाएको छ।मौसम हिमालीको निर्देशन र नबराज उप्रेतीको छायांकन उक्त भिडियोमा रहेको छ।पुरा गीत हेरेर प्रतिक्रिया दिनुहोला ।: