फेसबूक जुहारी बारे गायिका जोति मगर भन्छिन : लब यु मेयर साब, कीप फाइटिङ, कीप ब्याटल

सामाजिक सञ्जालमा यति बेला मेयर बालेन र निर्देशक विशाल भण्डारी बिच जुहारी चल्दो छ । निर्देशक भण्डारीले बालेनलाई मेन्सन गर्दै रक्षक नै भक्षक भन्ने तस्बिर राखी अब बनाउन तर्फ लागौँ भत्काउन तर्फ हैन भने पछि दुई बिच जुहारी चलेको हो ।

उनको उक्त तस्बिरमा कमेन्ट गर्दै मेयर शाहले तिम्रो सो पैसाको भोट्ले जितिन्छ , तिमि पैसा कमाउन आएको हौ र जीवनमा पैसा बाहेक अरू केही नदेखेको साथै बिकाऊ मान्छेलाई उत्तर दिन जरुरी नठानेको भनेर लेखेका छन् । बिशाललको उक्त तस्बिरमा कतिले सकारात्मक कमेन्ट गरेका छन् भने केहीले नकारात्मक ।

विशाललाई समर्थन गर्दै केही सञ्जाल प्रयोगकर्ताहरूले प्रश्न गर्न पाउनु हरेक नागरिक को अधिकार हो भन्दै बालेन माथि नै खनिएका छन् । प्रश्नमा आएको कमेन्टलाई विशालले मध्य नजर गर्दै बालेनलाई उत्तरमा श्री ८ सर्कारको दर्जा पनि दिएका छन् ।

भण्डारीले अर्को स्टाटसमा भत्काउनुबाहेक के बनाउनुभयो भनेर प्रश्न सोधेको लेखेका छन् । त्यसमा पनि बालेनले कमेन्ट गरेका छन्, ‘प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिरहेको मान्छेलाई दारु खाएर राति राति दुःख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ? भन्दै उनले लेखेका हुन् ।