नगरको २ वटा निर्माणाधीन कालोपत्रे सडकको अनुगमन

पथरीशनिश्चरे, माघ ५
मोरङको पथरीशनिश्चरे वडा नं. ९ र १० मा निर्माणाधीन कालोपत्रे सडकको नगरद्वारा अनुगमन गरिएको छ ।
आज वडा नं. ९ को पुलचौक शिरिसेडाँडा हुँदै भातेगौडा जाने बाटोको अनुगमन गरिएको हो । सो बाटोको लम्बाई ३ सय ४३ मिटर, चौडाई साडे ५ मिटर र उचाई (थिगनस) ४ सेन्टी रहेको छ । उक्त बाटोको वेश सम्मको कार्य सम्पन्न भएको छ भने बाटोको लागत नगरबाट ४५ लाख विनियोजित भएको हो ।

यसैगरी वडा नं. १० को त्रिवेणी चौक हुँदै वडा नं. ९ जाने सडकको अनुगमन गरिएको छ । सो बाटोको लम्बाई ३ सय ७०, चौडाई साडे ५ मिटर र उचाई (थिगनस) ४ सेन्टी रहेको छ । यस बाटोको पनि वेश सम्मको कार्य सम्पन्न भएको छ भने यसको लागत नगरबाट ४५ लाख विनियोजित भएको हो ।

नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक देवीमाया काफ्ले, अनुगमन समितिका सदस्यद्वउ विरबहादुर राई, तुलसा कार्की र नगरका प्राविधिक कर्मचारीहरु सहितको टोलीले अनुगमन गरेको हो ।