पल शाहको सफाईमा पुजा शर्माले भर्खरै लेखिन यस्तो स्टाटस- मिनेटमै भयो भाईरल

पल शाहको सफाईमा पुजा शर्माले भर्खरै लेखिन यस्तो स्टाटस- मिनेटमै भयो भाईरल।। काठमाडौं । अभिनेता पल शाहलाई तनहु जिल्ला अदालतले सफाइ दिएपछि नायिका पुजा शर्मा खुशीले गदगद बनेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो खुशी व्यक्त गरेकी हुन् ।पल शाहको समाचार बाहिरिएसँगै पुजाले फेसबुकमा लेखेकी छन्, ‘जहिल्यै तिम्रो साथमा थिएँ । अहिले खुशीको सिमा रहेन ।’

पल शाह ब’ लात्का’ र आरोपमा पक्राउ परेदेखि नै पुजाले उनको बचाउमा लगातार अभिव्यक्ति दिँदै आएकी थिइन् । उनले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पलले अभिनय गरेका थिए । पल जेल गएपछि रिलिज भएको यो चलचित्र सुपरहिट भएको थियो ।

त्यस्तै नायक पल शाहलाई तनहुँ अदालतले सफाई दिएपछि राप्रपा नेता एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले खुसी व्यक्त गरेका छन् ।

शाहीले सामाजिक सञ्जालमार्फत् खुसी व्यक्त गर्दै भनेका छन्, ‘आज पल शाहलाई तनहुँ जिल्ला अदालतले निर्दोष साबित गरेको छ आज अत्यन्तै खुसी भएको छु।एउटा न्यायको लडाई जितिएको छ।। हार्दिक बधाई तथा शुभकामना ।’

बालिका ब’ लात्का’ रको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले ब’ लात्का’ रको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए ।

जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ ।जिल्ला अदालत तनहुँबाट बाहिरिदै गर्दा कालो क्याप, कालो ज्याकेट लगाएका पल ले नमस्कार गर्दा आफ्ना समर्थकलाई धन्यबाद दिएका थिए ।आउनाले केहि समर्थक संग हात मिलाउदै अंकमाल समेत गरेका थिए ।

एक बालिकालाई ब’ लात्का’ र गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई ब’ लात्का’ र मुद्दामा सफाइ दियो भने बाल यौ’ न दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।