नेपाल स्कॉटलैंण्ड एसोसीएसन द्वारा ३ सय १ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाए ।

आज पौष २७ गते नेपाल स्कॉटलैंण्ड एसोसीएसन द्वारा आयोजित ३ सय १ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सु-अवसरको जलपान समारोह कार्यक्रममा उपस्तिथ हुनुहुने सम्पूर्ण आदर्णिय महानुभावहरू लाई हार्दिक धन्यवाद तथा शुभकामना।

आजको यस कार्यक्रम संचालक सचिव मनिष खत्री द्वारा अध्यक्ष डंगोलको सभापतित्वमा कार्यक्रमको सुरुवात नेपाली राष्ट्रिय गान बाट सूरू गरी अध्यक्ष डंगोलले कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथी महानुभाबहरू लाई स्वागत तथा शुभकामना दिनका साथै यस बिषेश कार्यक्रम आयोजना गर्न पाउॅदा खुसी व्यक्त गरेका थिए। तत: पश्चात अतिथि आशन ग्रहण तथा सम्पूर्ण अतिथि र सहभागीहरूबाट पृथ्वीनारायणको तस्बिरमा माला, आबिर, दिप, पुष्प अर्पण गरी श्रद्धाञ्जली दिएका थिए।

एनएसएका सक्रिय सदस्य भूपाल कार्की द्वारा पृथ्वीनारायण शाहको जीवनी र योगदान बारे छोटो जानकारी दिएका थिए भने पुर्ब एनएसए अध्यक्ष राजेन्द्र बम, गल्कोट समाजका सचिव सुजन गौतम, एनआरएनए सदस्य घनश्याम भण्डारी, एनएसए सक्रिय सदस्य तथा व्सवसायी मोती खरेल तथा पेनीक्वीक रेष्टोरेन्तका व्सवसायी दिपक खड्का द्वारा आ-आफ्नो सानो मत्यव्य व्यक्त गरेका थिए साथै यस्तो बिषेश कार्यक्रम आयोजना गरेकोमा खुशी तथा धन्यवाद प्रकट गरेका थिए।

कार्यक्रममा गुल्मी जिल्ला समाजका उपाध्यक्ष तथा एनआरएनए युकेका पूर्व सचिव तारानाथ भण्डरी, काभ्रे समाजका सचिव राम श्रेष्ठ, एनआरएनए/ एनएसए सक्रिय सदस्य तथा सफल व्सवसायी टिका खराल, एनएसए उपाध्यक्ष कमला श्रेष्ठ, एनएसए सदस्य तथा एनएसए उप-समिती महिला समुहका अध्यक्ष रत्ना कैसी, एनएसए सदस्य शशी कार्की, स्वयं सेवक साथी युवराज तिवारी तथा बिभिन्न संघसंस्थाका पदाधिकरी हरू, व्सवसायीहरू तथा आदर्णिय स्कटलैंण्ड निवासीहरूको सहभागीता रहेको थियो।

कार्यक्रम छोटो समयमा आयोजना भएको जानकारीले आउदो बर्षको कार्यक्रम नेपाल स्कॉटलैंण्ड एसोसीएसनको क्यालेण्डरको तालीकामा राखेर कार्यक्रम बृहत् रूपमा गर्ने अध्यक्ष डंगोल बताउछन्। अन्त्यमा जलपानका साथ कार्यक्रम समापन गरी सम्पुर्ण सहभागी महानुभावहरू लाई नेपाल स्कॉटलैंण्ड एसोसीएसनका अध्यक्ष सहित सम्पुर्ण परिवारका तर्फबाट धन्यवाद प्रकट गरे।

धन्यवाद॥

#Nepal #UnificationDay #PrithiviJayanti