प्रचण्ड र केपी ओलीको कानेखुसी ,गज्जबको दोस्ती सुरु !

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच गज्जबको दोस्ती सुरु भएको छ ।

नेकपा विभाजनपछि दुई नेताबीच करिब १८ महिना बोलचाल थिएन । तर, मंसिर ४ गतेको निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठनको मुखमा भने यी दुई नेताबीच आत्मियता बढेको हो ।

पुष १० गते प्रधानमन्त्रीमा प्रचण्डलाई बहुमत सांसदहरुको समर्थन जुटाउन ओलीले निर्णायक भूमिका खेलेका हुन् । ओलीकै निवास बालकोटमा प्रचण्डको पक्षमा १६६ सांसदको समर्थन जुटेको थियो । शितलनिवासमा पुग्दा तीन स्वतन्त्र सांसद पनि थपिएका थिए ।

आज सरकारको तर्फबाट जारी न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दा पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच गज्जबको केमेष्ट्री देखिएको थियो । उनीहरु एकआपसमा कानेखुशी गरिरहेको देखिएको थियो । प्रधानमन्त्री दाहालले भोलि सदनमा विश्वासको मत लिँदैछन् ।