Friday , April 27 2018
Breaking News

गगनथापालाई दुईतीरबाट झट्का ! खेप्छन त २६ र २८ वर्षियाको चुनौती ?

काठमाण्डाै । नेकपा माओवादी केन्द्र काठमाण्डौ ४ बाट संघीय सांसद प्रत्यक्ष उम्मेदवारमा २८ वर्षिय दिपेश पुनलार्इ सिफारिस गरे पछि राजनैतिक वृत तातेको छ । विद्यार्थी राजनीतिमा चर्चाको विषय बनेका दिपेश उपराष्टपति नन्दकिशोर पुनका पुत्र हुन । जनयुद्कालमा पनि चर्चा हुने गरेका पुनका छोरा दिपेश यतिवेला बाम गठबन्धनका विरूदमा लोकतान्त्रिक गठबन्धनबाट उठेका गगन थापालार्इ चुनौती थपिएको छ । नपत्ताएको खोलोले बगाउँने निश्चीत भन्दै दिपेश भने जनताको भावना अनुरूप आफ्नो उम्मेद्वारीमा पार्टीले मुल्याङकन गरेको हो ।
गगनलार्इ स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट २३ वर्षिया रञ्जु दर्शनाले चुनौति दिएकी थिइन भने यस पटक विवेकशील साझा पार्टीबाट काठमाडौं ४ मा गगनलाइ चुनौती दिदै २६ वर्षिया सुबुना बस्नेत पनि उम्मेदवार बनेकी छन । सुबुना र दिपेशको प्रतिस्पर्धा यसपटक काँग्रेस नेता गगन थापासँग हुनेछ।

थापा यसअघि पनि काठमाडौं क्षेत्र नं ४ बाट विजयी भैसकेका छन्। स्थानीय तहको निर्वाचनमा काँग्रेसको काठमाडौं क्षेत्र नं ४ मा भोट घटेको छ। त्यहाँ एमालेको भोट बढेको छ भने बुढानिलकण्ठ नगरपालिकामा एमाले विजयी भएको छ।
एमालेबाट सांसद राजन भट्टराई क्षेत्र नं ४ बाटै उम्मेदवार सिफारिस भएका छन । २६ वर्षिया सुबुना र २८ वर्षीय दिपेशको प्रतिस्पर्धा गगन थापा र राजन भट्टराईसँग हुने प्रबल सम्भावना छ । इलाममा जन्मेकी सुबुना र रोल्पामा जन्मेका दिपेशले राजधानीमै अध्यन गरेका छन् । दिपेश नेकपा माओवादी केन्द्र निकट भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को राजनीतिमा सक्रिय राजनीतिबाट आएका हुन भने सुबुना चार वर्ष अघि विवेकशील नेपाली मञ्चमा सक्रिय हुँदै राजनीतिमा प्रवेश गरेकी हुन्। यी युवा नेतृत्वलाई गगन थापाले सहजरुपमा लिएका छैनन् । (सेतो सुर्य बाट)

Leave a Reply