Monday , October 23 2017
Breaking News

राँगोको भैसीप्रेम, मालिक मालामाल (भिडियो)

भैँसी पालेर दूध, घ्यु र पाडापाडी बेच्दा राम्रै आम्दानी गर्न सकिन्छ भन्दा अनौठो नहोला । तर यहाँका केही किसानले भने राँगो पालेरै भैँसीबाट भन्दा धेरै आम्दानी लिइरहेका छन् । बीउका लागि ल्याएका उन्नत जातका राँगो पाल्ने यहाँका किसानले भैँसीलार्ई बीऊका लागि बहालमा सेवा दिएरै वार्षिक लाखौँ रुपैयाँ कमाउने गरेका हुन् । पहाडी जिल्लाका लेकाली गाउँमा घरै पिच्छे जस्तो भैँसी पाल्ने चलन अझै हराएको छैन । गोठमा दुहुनो भैँसी भएमात्र घरको मुहार उज्यालो हुने पुख्र्यौली कथन पनि छ । तर भैँसीलाई चाहिने बीऊको राँगोलाई स्यहार गर्ने किसानको संख्या भने वर्षेनि घट्दै छ ।

Leave a Reply