Monday , October 23 2017
Breaking News

पोखरमा भयो अनौठो बिवाह, बिदेशी नागरिकले सबैलाई चकित पारे (भिडियो)

शनिबार पोखरा फेवातालमा बिचमा रहेको तालबाराही मन्दीरमा बिबाह हेर्नेहरुको ठूलो भिड थियो । यो बिबाह अन्य बिबाह भन्दा फरक थियो । नेपालले बिदेशी केटा वा केटीसंग बिबाह गरेको त सुनिएको थियो तर बिदेशीजोडीले समेत यहा सिन्दुर हालेर हिन्दु धर्मअनुसार बिबाह गरेका छन् ।
स्पेनका एक जोडीले नेपाली परम्परा अनुसार पोखरामा विवाह गरेकाछन । स्पेनका २४ बर्षीय राकेल थापाता आन्द्रेउ र २८ बर्षीया गइथका आगुईलार गारथियाले नेपाली परम्परा अनुसार पोखराको फेवातालको बिच भागमा रहेको तालवराही मन्दिर र विश्व शान्ति स्तुपामा नेपाली परम्परा अनुसार पुजा आज गरी विवाह गरेका हुन ।
नेपालमा भूकम्प गएपछि स्पेनबाट स्वयम सेवकको रुपमा दुई बर्ष अघि काठमाण्डौं आएका थिए । राकेलको नेपाली नाम विष्णु र गइथकाको नेपाली नाम लक्ष्मी राखेका थिए । नेपाल र नेपाली परम्परा मन परेकोले गर्दा आफुहरुको प्रेम पनि नेपालमै भएकोले गर्दा नेपालमै विवाह भएको राकेलले बताए । उनले भने “ हामी धेरै खुसि भएका छौं, नेपाल र नेपाली कला, संस्कृति हामीलाई धेरै मन पर्छ, यहाँको संस्कार मन परेको हुनाले हामीले यहाँको परम्परा अनुसार विवाह गरेका हौं ।

Leave a Reply