Monday , December 11 2017
Breaking News

कुवेतमा मालिक्नीको कुटाइ सहन नसकेर भागेकी नेपाली महिला ‘मलाई बचाउनुस’ भन्दै रुदै रुदै यसो भन्छिन(हेर्नुहोस् भिडियो )

झापाको शिवसताक्षी नगरपालिका (साविकको शिवगञ्ज गाविस ५ लालपानी)की २९ वर्षीया बहा मुर्मु ४ वर्ष अघि कुवेत आउनु भएको हो ।
गहुँगोरो वर्ण, सुन्दर रुप लिएर कुवेत आएकी मुर्मु बिरामी परेपछि हिजोआज चिन्नै नसकिने अवस्थामा पुग्नुभएको छ ।
मुर्मुका श्रीमान् रोजगारीका लागि मलेसिया गएका थिए । तर उनलाई मलेसिया फापेन ।
पैसा कमाउनु त कता हो कता उनी अल्सरको बिरामी भएर नेपाल फर्किए ।
बहा मुर्मुले श्रीमानको उपचारका लागि घरघडेरी बेच्नुभयो । तर रोग निको भएन ।
त्यसैले उहाँ बिरामी श्रीमान्, ११ वर्षकी छोरी र ८ वर्षको छोरा छाडेर थोरैतिनो खर्च कमाई भइहाल्ला कि भन्ने आशमा दलालले देखाएको बाटोबाट रोजगारीका लागि कुवेत आउनु भएको हो ।
बहा मुर्मुका श्रीमान् अझै निको भएका छैनन् । रोगले झनझन च्याप्दै लगेको छ । पेटको एकापट्टि प्वाल पारेर पाइपबाट दिसापिसाव निकाल्ने गरिएको छ ।
उनै श्रीमान् र दुई बालबच्चाको पालनपोषण तथा शिक्षादिक्षाका लागि खाडीको देश कुवेत आएकी बहा मुर्मुको विदेश बसाई सुखद रहेन ।
उहाको दुखद कहानी र उहाको पुरा दुखद जीवन प्रसङ्ग हेर्नुहोस भिडियोमा –
source : ujyaaloonline.com
Writer : Kosh Raj Rai
Vocal : Tika Adhikari
Music : singer Nilmani Bhandari

Leave a Reply

%d bloggers like this: