Tuesday , October 17 2017
Breaking News

मुस्ताङमा हावाबाट बिजुली बल्यो (भिडियोहेर्नुहोस)

पोखरा । मुस्ताङमा हावाबाट बिजुली बलेको छ । गत श्रावण २९ गते मुस्ताङ प्रहरी कार्यालय परिसरमा हावाबाट बिजुली बाल्न प्रयोग भएको मेसिनको मेन स्विच अन गरेर र्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका हुन् । उद्घाटनपछि उनले आफ्नो भनाइलाई ‘हावामा उडाउने’ हरूले मुस्ताङमा आएर हावाबाट चम्किलो उज्यालो दिएको बिजुली हेर्न अनुरोध गरे । ‘मेरो प्रधानमन्त्रीकालमा मैले नसक्ने कुरा कहिल्यै गरिनँ, अबुझहरूले बुझेनन्, बुझ्नेहरूले बुझ पचाइदिए,’ उनले भने, ‘हावाबाट बल्यो त बिजुली । यो सम्भव विषय थियो र मैले बोलेको थिएँ ।’

मुस्ताङ मात्रै होइन, नवलपरासी र हेटौंडामा पनि हावाबाट बिजुली बलेर प्रमाणित भइसकेको उनले बताए । हाल ३ किलोवाट उत्पादन भइरहेको छ । स्पेनिस लगानीकर्ताबाट आफूले ४० मेगावाट बिजुली उत्पादनको योजना रहेको जानकारी पाएको स्पेनिस लगानीकर्ताबाट आफूले ४० मेगावाट बिजुली उत्पादनको योजना रहेको जानकारी पाएको उनले बताए  हेर्नुहोस यसरी बालीयो हावाबाट बिजुली भिडियोमा :-

Leave a Reply