Friday , October 20 2017
Breaking News

दार-ए–सलामका सात बुँदे घोषणाहरु

२०७३ पुस १० ,गैरआवासीय नेपाली संघ(एनआरएनए)को अफ्रिका महादेशको दोस्रो क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाम ले सात बुँदे घोषणा जारी गरेको छ l

दार-ए–सलामका घोषणाहरु यस प्रकार रहेका छन l

१. यस बैठकले अफ्रिकी मुलुकहरुमा रोजगारी तथा व्यवसायमा क्षेत्रमा नेपालीको बढ्दै गएको उपस्थितिलाई ध्यान दिँदै सरकारले आफ्नो उपस्थिति यस महादेशमा बढाउन आवश्यक रहेको महसुश गरेको छ । त्यसका लागि पूर्व तथा पश्चिमी अफ्रिकी मुलुकलाई समेट्ने गरी एक- एक वटा राजदूतावास स्थापना गर्नुका साथै अफ्रिकाका विभिन्न मुलुकहरुमा अवैतानिक वाणिज्यदूत स्थापना गर्न प्रस्ताव गर्दछ ।
२. रोजगारीका लागि अफ्रिका आउने नेपालीहरुका लागि श्रम स्वीकृति, राहदानी नवीकरण, अन्य काजगातको सिफारिसका सम्बन्धमा सरकारी प्रक्रिया झन्झटिलो तथा अफ्ठ्यारो रहेकाले त्यसलाई सहज एवम् सुलभ बनाउन नेपाल सरकारसँग अनुरोध गर्दछ ।
३. पछिल्लो समयमा अफ्रिका क्षेत्रमा मानव तस्करले नेपालीहरुलाई अलपत्र पार्ने घटनाहरु बढेकाले त्यसको समाधानका लागि उचित कदम चल्न तथा आवश्यक संयन्त्र निर्माणका लागि सरकारसँग आग्रह गर्दछ ।
४. बैदेशिक रोजगारी तथा व्यवसायमा संलग्न भएर अफ्ठ्यारो परेका नेपाली र अलपत्र पर्ने नेपालीहरुको उद्दार तथा राहतका लागि स्थापना गरेको ‘एनआरएए अफ्रिका आपत्कालीन राहत कोष’लाई वृद्धि गरि कम्तीमा १५ लाख रुपैया पुर्यााउने प्रतिवद्धता व्यक्त गर्दछ ।
५. नेपाली समुदाय रहेका तर एनआरएनए राष्ट्रिय समन्वय परिषद नभएका अफ्रिकाका विभिन्न देशमा राष्ट्रिय समन्वय परिषद स्थापना गर्ने तथा हाल कार्यरत राष्ट्रिय समन्वय परिषद्हरुलाई थप सक्रिय एवम् प्रभावकारी बनाउने प्रण गर्दछ ।
६. अफ्रिकाका विभिन्न मुलुकले पर्यटन क्षेत्रमा प्राप्त गरेको सफलताको अनुभव आदान प्रदान एवम् अफ्रिकामा नेपालको पर्यटन प्रवर्द्धनका लागि एनआरएनएको पर्यटन प्रवर्द्धन समिति तथा नेपाल सरकारलाई विशेष कदम चाल्न अनुरोध गर्दछ ।
७. दोस्रो अफ्रिका क्षेत्रीय बैठक सफलतापूर्वक सम्पन्न गर्न विशेष सहयोग गर्ने प्रिटोरियास्थित नेपाली राजदूतावास र महामहिम राजदूत अमृतबहादुर राई, आयोजक एनआरएनए तान्जानिया र सहभागी अतिथी तथा प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्दछ ।

Leave a Reply