Monday , October 23 2017
Breaking News

“तिमी साथमा नभए” गिति एल्बम सार्वजनिक

कुमार “अविरल” पन्थी, काठमाडौं पुष ८।
दिनानुदिन नेपाली साँगितिक बजारमा नयाँ-नयाँ गितहरु भित्रिने गरेका छन । यसै क्रममा गायक अर्पण ज्ञानको आधुनिक गीति एल्बम “तिमि साथमा नभए” सार्वजनिक भएको छ । बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको गीति एल्बम “तिमि साथमा नभए” युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई बढी प्राथमिकता दिइने गरिएको छ । भर्खरै मात्र सार्वजनिक भएको “तिमि साथमा नभए” एल्बममा पनि माया प्रेमका कुरा समेटिएका छन । गीतलाई प्रेमिकाले छोडेर गएका विषय वस्तुलाई शब्दमा सजाउदै तयार पारिएको छ ।

गीतमा “तिमी साथमा नभए पछी बाच्ने आधार के रहयो र, तिमीलाई खुशी मिल्छ भने मै मरी दिउला के भयो र जस्ता शब्दहरु सजिएका छन ।

तिमि साथमा नभए एल्बममा समावेश गरिएको गीत गायक तथा सर्जक शरद पाण्डेको शब्दमा सजिएको छ । प्रदेशमा रहेर पनि नेपाली गित संगितमा निरन्तर लागि रहेका पाण्डेले विभिन्न विधाका ४ दर्जन भन्दा बढी गीतमा शब्द कोरिसकेका छन् । गायक तथा सर्जक पाण्डे फरक-फरक शैलीमा तयार पारेका जादुमय शब्दहरुले दर्शक श्रोताहरुको मन जित्न भएका छन् ।

चर्चित गायक बसन्त सापकोटाको संगीत रहेको गीतमा नव गायक अर्पण ज्ञानले स्वर दिएका छन् । क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको भिडियोमा बिक्रम, दिपक र क्रिस्टिनाले अभिनय गरेका छन । गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन । गितलाई बसन्त फिल्मस् प्रा.लि.ले बजार व्यवस्थापन गरेको हो ।

भिडियो हेर्नुहोस।

Leave a Reply