Monday , December 11 2017
Breaking News

सामाजिक न्याय पाए, परे अदालत जान्छु | निक्की कार्कीले फेरी मुख खोलिन | Singer Nicky Karki

धेरै देशमा तथा विभिन्न स्टेज सोमा निकै व्यस्त गायिका हुन् निक्की कार्की । निक्की कार्कीको बाल्यकाल काठमाडौंमा बितेको हो |निक्की कार्की माथी यति बेला यौन दुर्व्यवहारका कुराहरु बाहिरिएका छन् । उनेल आफ्नो फेसबुकमा लाइभ भिडियो मार्फत भनेकी छिन् अमेरिकाको नर्थ क्यारोलिनामा हालै सम्पन्न नासा-अन्माको सम्मेलनमा पुगेकी माथी दुर्व्यहार गरेको बताएकी छिन ।आयोजक टिम कै एक व्यक्तिबाट नै सेक्सुअल्ली ह्यारासमेन्ट गर्न खोजिएको उनले बताएकी छिन् । सम्पूर्ण जानकारी बुज्नका लागि तल भिडियो हेर्नुहोस ।

महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारका यौन दुव्र्यवहार वा यातना भोग्नुपरेको नै हुन्छ। महिला भएकै कारण कति यस्ता ब्यवहार हरेक दिन जस्तै नै भोगिरहेका महिलालाई यो सामन्य पनि लाग्दै जान्छ अनि म केटी मान्छे हुँ म आफै बच्नुपर्छ नि भनेर त्यो कुरालाई कोट्याउन चाहादैनौँ। एउटा केटी मान्छेको दिन को सङ्घर्स घरबाट निस्केदेखी नै सुरु हुन थाल्छ। बाटोमा हिड्दा यति सतर्क भएर हिड्नुपर्ने हुन्छ कि कसैले झुक्किएर लागेको जस्तो गरेर आफ्नो संवेदनसिल अङ्ग नछोइदियोस, स्कुटीमा महिला भएकै कारणले अत्याउन नजिकै आउने सवारीसाधनको डर होस् , आफुले काम गर्ने ठाँउमा हरेक दिन सतर्क भएर कसैले आफ्नो हाँस्ने अनि सब संग खुलेर बोल्ने बानीलाई आफ्नो हिन्ट त सम्झिरहेको छैन भन्ने डर । यी अनि यस्ता थुप्रै डरले जिन्दगी भर आफ्नो कुम खुम्चाएर, हाँसो लुकाएर अनि पाइला पाइलामा आफुलाइ जोगाएर हिंड्न बाध्य छौँ हामी। मेरो उमेर अनि बढीका तपाईं जो सुकै एक जना महिलालाई सोध्नुस् यो विषयमा ,कुनै पनि यस किसिममा भोगाइ नभोगेका भाग्यमानी सायदै पाउनुहुनेछ।तर हामी आफै भित्र दबाइदिन्छौँ यो सब अनि जब Nicky Karki जस्ता बलियो महिला देख्छौँ तब हाम्रो पनि हराएको आट बटुल्न सक्ने हुन्छौँ। हामीले अब महिला भएकै कारणले भोग्नुपरेका व्यवहार अनि बोलीको विरुद्ध बोल्न जरुरी छ। आफ्नो लागि मात्र नभएर सबै पीडितको मनोबल उच्च बनाउनका लागि अनि पुरुष भएकै कारणले शोषण गर्न खोज्ने सोचलाई निरुत्साहित पार्नको लागी ।। (केकी अधिकारी को फेसबुक बाट साभार)

Leave a Reply

%d bloggers like this: