Sunday , August 20 2017
Breaking News

धुर्मुस सुन्तलीको चर्चित जोडीले गर्यो तेश्रो नमूना वस्ती बनाउने घोषणा

काठमाडौँ- सामाजिक काममा सक्रिय हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।

दास्रो एकीकृत नमूना वस्ती निर्माण गरेर बचेको एक करोड रुपैँयाबाट बर्दिबास २, महोत्तरीमा एकीकृत नमूना मुसहर बस्ती निर्माण गर्ने बताएका छन् ।

यो जोडीले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनसँग अपिल गरेका छन् । दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका मुसहर तराईमा चरम गरिबीको चपेटामा छटपटाएको पिछडिएको जातिमा पर्छन ।

त्यसैले पनि धुर्मुस सुन्तलीले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् । यस अघि धुर्मुस सुन्तली फाउण्डेसनले काभ्रेको पहरी वस्ती र सिन्धुपाल्चोकको गिरानचौरमा नमूना वस्ती निर्माण गरेर भूकम्प पीडितहरुलाई घर हस्तान्तरण गरिसकेका छन् ।

Leave a Reply