Tuesday , October 24 2017
Breaking News

आजको राशिफल (२०७४ आश्विन ०७ गते शनिबार/२०१७ सेप्टेम्बर २३) September 23, 2017 राशिफल

आज वि.सं. २०७४ आश्विन ०७ गते शनिबार तदनुसार ई. सं. २०१७ सेप्टेम्बर २३ तारिख

आजको चाडपर्व र उत्सव : शारदीय नवरात्र (बडादशैं) अन्तर्गत चन्द्रघण्टा भगवतीको पूजा,
आजको मूहुर्त : अग्निवास(होमादि), घर छाउने/ढलान गर्ने,

आश्विन शुक्लपक्षको तृतीया तिथि, दिउँसो १०:५४ बजेसम्म, त्यसपछि चतुर्थी तिथि,
स्वाती नक्षत्र, मध्यरात्रीपछि ०२:५६ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र,
आजको चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त),
ऐन्द्र योग, बिहान ०९:३८ बजेसम्म, त्यसपछि वैधृति योग,
सुरुमा गर करण दिउँसो १०:५३ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपूर्व ११:२७ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०५:५८ बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : बिहान ०८:५३ देखि १०:२४ सम्म
यमघण्ट : दिउँसो ०१:२६ देखि ०२:५६ सम्म
गुलिक काल : बिहान ०५:५२ देखि ०७:२३ सम्म

आजको वारवेला :–

काल वारवेला : बिहान ०५:५२ देखि ०७:२३ सम्म, साँझ ०४:२८ देखि ०७:२७ सम्म र मध्यरात्रीपछि ०४:२२ देखि ०५:५२ सम्म
लाभ वारवेला : दिउँसो ०१:२६ देखि ०२:५६ सम्म र बेलुका ०७:२७ देखि ०८:५६ सम्म
उद्वेग वारवेला : बिहान १०:२४ देखि ११:५५ सम्म र बेलुका ०८:५६ देखि १०:२६ सम्म
शुभ वारवेला : बिहान ०७:२३ देखि ०८:५३ सम्म र बेलुका १०:२६ देखि ११:५५ सम्म
अमृत वारवेला : दिउँसो ०२:५६ देखि ०४:२७ सम्म र मध्यरात्रीपूर्व ११:५५ देखि ०१:२४ सम्म
चर वारवेला : दिउँसो ११:५५ देखि ०१:२६ सम्म र मध्यरात्रीपछि ०१:२४ देखि ०२:५३ सम्म
रोग वारवेला : बिहान ०८:५३ देखि १०:२४ सम्म र मध्यरात्रीपछि ०२:५३ देखि ०४:२२ सम्म

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुने छ । चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । परिवारमा विविध समस्या देखिने छन् । सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । पारिवारिक स्वास्थ्यमा निगरानी गरेको जाति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार/व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक/सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आत्मबल र हिम्मत बढाएर काम गर्न सके आजको दिनलाई राम्रो बनाउन सकिने छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ । सामाजिक र पारमार्थिक काममा झुकाव बढ्ने छ । नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ । दूरदराजम आफन्तसँग आत्मीयताबढ्ने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

Leave a Reply