Wednesday , November 22 2017
Breaking News

राष्ट्रको रक्षार्थ प्रखर रुपले जागौ समय भड्किए पछि पश्चातापले कुनै अर्थ राख्दैन -पुर्वराजा

गणतन्त्रको जग नै हलाउने गरेर किन आयो पुर्वराजाको विज्ञप्ति ?
राजगद्दी त्यागे पछि पुर्ब राजा ज्ञानेन्द्रले जारी गरेको सर्वाधिक कडा र अर्थपूर्ण विज्ञप्ति

पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो राजनीतिक घटनाक्रमप्रति तिब्र असन्तुष्टि व्यक्त गरेका छन्। विशेष सन्दर्भमा मात्र विज्ञप्ति सार्वजनिक गर्ने ज्ञानेन्द्रले बुधबार कुनै सन्दर्भबिना पछिल्लो राजनीतिक गतिविधिमाथि टिप्पणी गर्दै विज्ञप्ति सार्वजनिक गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेको विज्ञप्तिमा नेपाली जनताको आस्था नढलेकाले जाग्नुपर्ने बेला आएकोसमेत उल्लेख गरेका छन् । उनले नेपाल र नेपालीको अजय शक्तिको रक्षा गर्न सबैलाई आह्वान गरेका छन् । विज्ञप्तिमा पछिल्लो राजनीतिक घटनाक्रमप्रति तिब्र असन्तुष्टि व्यक्त गरिएको छ ।
‘अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले राष्ट्र बचाउन फेरी एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन्न प्रमुख र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउनु परेको छ । हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं ! समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन ।’
आजको बिज्ञप्तिलाई राजगद्दी त्यागे पछि पुर्ब राजा ज्ञानेन्द्रले जारी गरेको सर्वाधिक कडा विज्ञप्तिको रुपममा राजनैतिक क्षेत्रमा हेरिएको छ | साथै यो विज्ञप्ति धेरै अर्थपूर्ण तरिकाले आएको देखिन्छ |
पूर्वराजाले सार्वजनिक गरेको विज्ञप्ति पूर्णपाठ
” आज हामी जून माटोमा जन्मिएर कर्म क्षेत्रमा क्रियाशील छौं, त्यो श्रद्धा र आस्थाका धरोहर पूर्खाहरुको वलिदान, अदम्य साहस र रगत पसिनाबाट आर्जित पवित्र भूमि हो । हामीलाई सिंगो, संगठित, अविभाजित, सार्वभौम नेपाल दिएर जाने पूर्खाहरुले सूम्पिएको राष्ट्रलाई जोगाउँदै समृद्ध, समून्नत र सूदृढ बनाउनू हाम्रो मुल दायित्व एंव कर्तव्य हो । तर वर्तमान अवस्थामा मुल्य–मान्यतामा आधारित राजनीति नहूनू, शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आउनू र आपराधिक कार्यले नेपाली समाज प्रताडीत बनिरहेको छ । दिनानूदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्म माथि निर्मम प्रहार भइरहेको छ ।
नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाई रहेको छ । आज नेपाली बिचको सामाजिक सद्भाव मेटिदैं छ भने, तराई, पहाड र हिमाल माझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ । ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी आदि शव्द भावको दूरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य पनि बनि रहेको छ ।
निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु किमार्थ बलिया हून सक्दैनन् । इतिहास कलंकित गर्दै निश्चित, निहित स्वार्थ पुरा गर्न गरिएको कार्यहरु कदापि प्रसंशित हून सक्दैनन् । माटो र मूटूसंग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधूनिकताको दूहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन ।
नेपालको स्थाथी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासि नै हून् । त्यसैले यसलाई सबल पार्ने भाषा, धर्म संस्कृति, इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग हो । त्यो नै सार्वभौम सत्ताको मुल आधार हो । नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णूता, सहअस्थित्व र पद्धतिसंग जोडिएको यावत विषय नै लौकिक सत्ता हो । दूर्भाग्यवस आजको सन्दर्भमा वाह्य शक्तिको अनूचित प्रभावमा अस्थाथी सत्ताहरु हावी गराएको छ भने, स्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धूमिल पारिएको छ ।
अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मतिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले, राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सूम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सूम्पन्न मूखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ । राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाटनै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं । समय भडकी सकेपछि पश्चातापले कूनै अर्थ राख्दैन ।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।
२०७३ साल पौष ६गते |

Leave a Reply