Monday , December 11 2017
Breaking News

पशुपति र रमिला को हात बाट यसरी गरियो ‘शान्ति नेपाली समाज बेलायत’ बाढी पिडित सहयोग

स्कटनेपाल युके,

मिति २०७४ साल श्रावण २६ देखि ३२ गते सम्म आएको अबिरल बर्षाको कारण चितवन को माडी नगरपालिका क्षेत्र भित्र रहेको रेवा नदि बाट आएको बाढी बाट त्यहाँ बस्न्ने गरिबी क्षेत्र थारु र बोटे बस्ति मा बढी क्षेति भयको रैछ र त्यहाँ घर टहरा खेति योग्य जमिन भत्काउने बगाउने र दैनिक उपयोग्य सामान लत्ता कपडा खाधान्य लगायत त्यो क्षेत्रमा रहेको श्री राष्ट्रिय आधारभुत बिधालय रतनपुर (सेरुवा) बाढीको कारण ले बिधालयमा अध्यनरत बिधार्थीको पढाईलाई असुबिधा भएको कुरा हामीहरुलाई त्यहाको व्यवस्थापनसमिति ले जानकारी गरायो र अपील गर्यो त्यो समस्यालाई मध्यनजर गर्दै हाम्रो शान्ति नेपाली समाज बेलायतले सहयोग रकम उठायो र हाम्रो खाता बाट पनि तल उल्लेखित रकम पठाउन सहमति भो र अरु केहि रकम हजुरहरु माझ सहयोग पनि लियौ यो कुरा हामीहरु सबैलाई आबगतनै छ हाम्रो खाता बाट एस क्षेत्र मा रु.३०१,००० रकम हाम्रा राष्ट्रिय कलाकार पशुपति शर्मा र रमिला न्यौपानेले त्यहाको व्यवस्थापन समिति, बिधालयको प्रधानध्यापक र स्थानीय को रोवरमा रकम हस्तान्तरण गर्नुभएको छ‍ l यस पुण्य कार्यमा सहयोग गर्नुहुने सहयोगी मनहरू पर्ति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं र आफ्नो अमुल्य समय दिएर सहयोग गर्ने हाम्रा राष्ट्रका गहना गायक पशुपति शर्मा र गायिका रमिला न्यौपाने ज्यू लाई हार्दिक धन्यवाद टक्राउद छौ र रकम संकलन र हस्तान्तरण गर्न कुशल व्यवस्थापन गर्नु हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दछौ l बॉकी जम्मा भयको रकम जनता संग सिधा कुराका सन्चालक रवि लामिछाने मार्फ़त ..जहाँ बढी .क्षेति भयको छ र राज्य कुनै निकायको नजर गयको छैन तेस क्षेत्र मा तत्काल पठाउदै छौ ! माथि उल्लेखित रकम हस्तान्तरण का केहि तस्बिर हरु सहित :

 

Leave a Reply

%d bloggers like this: