Tuesday , February 20 2018
Breaking News

सन्चार क्षेत्र र कलाकारितामा निरन्तर अघि बढ्दै सुदिप (भिडीयो सहित)

सुबास निरौला

नेपाली गित सङितमा दिन प्रती दिन नयाँ नयाँ कलाकार हरुको आगमन भैरहेको छ । पछिल्लो समयका युवा पिडि पनि गित सङितमा लाग्नु राम्रो कुरा पनि हो। हरेक ठाउँ बाट नयाँ नयाँ कलाकार हरु जन्मिएको नै हुन्छ । त्यस मध्ये पनि रुपन्देही पनि कलाकारको उर्भर भुमी पनि बन्दै गएको छ ।

यसै क्रममा बिगत लामो समयदेखि मोफसलको राजधानी बुटवलमा सन्चारक्षेत्रमा क्रियासिल एबम लोक सङितमा पनि निरन्तर दिने कलाकार हुन सुदिप गौतम । सुदिप २०४९ सालमा बुटवलमा जन्मिएका हुन । सानै देखि उनले गित सङितमा निकै रुचि राख्ने र गाउने गर्दथे ।

विद्यालय मा हुने हरेक गाउने कार्यक्रममा उनी सहभागी हुने गरेको बताएका छ्न र त्यसैबाट नै उनको गित सङितमा रुचि लाग्दै गयो । त्यसपछि आफ्नो अध्ययन सङै गित सङितलाई निरन्तर दिए। उनको पहिलो सन्चारक्षेत्र को सुरुवात बुटवलको तिनाउ एफ एम बाट भएको हो। त्यसपछी विभिन्न सन्चार माध्यम मा निरन्तर सक्रिय छ्न। उनले आफ्नो सन्चार क्षेत्रको गुरुको रुपमा गायक अनिल पाहाडि र वरिष्ठ प्राबिधिक मिठु खानलाई लिईन्छ्न । उनको परिवारमा दुई वटा दिदी एउटा बहिनी र आमा हुनुहुन्छ ।

उनले लोक सङितको सुरुवात भने दोहोरी साझ बाट सुरुवात गरेका थिए । बुटवलको मिर्मिरे दोहोरी साझ बाट उनले दोहोरी साझमा प्रबेस गरेका हुन । दोहोरी साझ मा अवसर दिने गायक राजेन्द्र पोखरेल लाई उनले धेरै सम्झिने बताउँछ्न । उनले अहिले गित पनि बजारमा ल्याए ‘विदेस जान्छु जान्छु नभन्नु’Γ जुन गितबाट उनले राम्रो प्रतिक्रिया पाएका छन् ।

Leave a Reply