Tuesday , October 17 2017
Breaking News

लोकदोहोरीमा पहिलोपटक प्रियंका कार्कीको यस्तो मोडलिङ (भिडियो)

नेपाली फिल्म उद्योगमा एक पछि अर्को गर्दै निरन्तर सफल अभिनेत्री प्रियंका कार्कीले लोकदोहोरी गीतमा अभिनय गरेकी छन् I फिल्ममा समाबेश भएका लोक फ्लेभरका गीतहरुमा अभिनय गरिसकेकी भए पनि नेपाली लोकदोहोरीमा भने उनको अभिनय पहिलोपटक हो I
नबिन भट्टराई र प्रिया भण्डारीले आवाज भरेको ‘नसोध कसैले’ बोलको गीतमा नायक जिबन भट्टराई संगै प्रियंका कार्कीले कम्मर भाचेकी छन् I बिगत एक दशक भन्दा लामो समयदेखि लोकदोहोरीमा सक्रिय गीतकार तथा संगीतकार शिब सुबेदीको शब्दसंगीत रहेको उक्त गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् भने राजिब समीरको कोरियोग्राफीमा अर्जुन तिवारीले क्यामरा चलाएका छन् I
फिनल्याण्डमा बस्दै आएका गायक नबिन भट्टराईको यो दोश्रो गीत हो भने प्रिया भण्डारीले गएको स्थानीय चुनाबमा एमालेको गीत गाएर धेरैको मन जितेकी थिइन् I पढाइको सिलसिलामा युरोपमा बस्दै आएका शिब सुबेदीका घामजस्तो चम्किलो जुन हुदैन, आमा तिम्रो दुधको भारा, कल्पनामै भएनी, खै हाम्रो दिलमा त, तिम्रै झल्को दियो लगायतका दर्जनौ लोकप्रिय गीतहरु बजारमा छन् I
हेर्नुहोस म्युजिक भिडियोमा

Leave a Reply