Saturday , September 23 2017
Breaking News

‘छमछमी’ नाची देउ मादलु तालैमा चुमी देउ गालैमा : भिडियो हेरौ

किरण अधिकारीको स्वरमा रहेको ‘छमछमी’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा यतिबेलाका चर्चित मोडलद्वय एलिसा राई र पुष्प खड्काको जोडदार अभिनय रहेको छ ।
‘रोमान्टिक’ फ्लेभर रहेको उक्त गीतमा युवा–युवतीले युवा अवस्थामा गर्ने क्रियाकलापको कथालाई सञ्जय बरालले सुन्दर निर्देशन पस्केका छन् ।
यतिबेलाका चर्चित मोडल अनि व्यस्त र चर्चित निर्देशकको कौशलले सजिएको उक्त गीतको शब्द रचना, संगीत अनि एरेञ्ज भने आशिस राजले गरेका छन् । राजिव समरको कोरियोग्राफी रहेको उक्त गीतमा बुद्ध थापाको टीमले खिचेका हुन् ।
‘छमछमी’ बोलको गीतको म्युजिक भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने सम्पादन भरत रेग्मीले गरेका हुन् । बिहीबार हाइलाइट्स नेपालमार्फत सार्वजनिक भएको यस म्युजिक भिडियो दुई दिनमा नै निकै चर्चित भईसकेको छ ।

Leave a Reply