Saturday , September 23 2017
Breaking News

‘तिमी मेरो अन्तिम सत्य’ भन्दै मेलिनाले खम्बुलाई भनिन्

काठमाडौं, भदौ ३० / लामो समयदेखि गायन र संगीतकर्ममा सक्रिय छन् पूर्वेली गायक विनोद खम्बु । अहिलेकी चर्चित गायिका मेलिना राईलाई सांगीतिक क्षेत्रमा स्थापित गराउन उनको पनि महत्वपूर्ण सहयोग छ । उनकै संगीतमा गाएको गीत ‘छाडि जाने भए तिमी, छाडि जाउ मायालु’ बाटै हो मेलिनाले संगीतमा नाम कमाउन थालेको । अहिले उनि चलचित्र र एल्बमका गीतमा छाएकी छिन् ।
उनै गायिका मेलिना राईले यसपालि संगीतकार खम्बुलाई औंल्याउँदै भनिन् ‘तिमी मेरो अन्तिम सत्य, तिमी मेरो प्राण’ । खम्बुले पनि उस्तै पारामा जवाफ दिए ‘कहाँ हुन्छ फूलको जस्तो काँडाको बयान ।’ मेलिना र खम्बुको यो सांगीतिक सवाल जवाफ नयाँ गीत रेकर्डिङका क्रममा भएको हो । भुपेन्द्र खड्काको रचना रहेको गीत ‘तिमी मेरो’मा संगीतकार खम्बु र गायिका मेलिनाको स्वरमा रेकर्ड भएको छ । यो गीत रेकर्ड गरेपछि मेलिनाले आफुले खम्बुको अर्को राम्रो गीत गाउने मौका पाएको बताईन् । खम्बुलेपनि गीत राम्रो भएकाले यसले आफुलाई पनि सहयोग पुग्ने बताए ।

Leave a Reply