Tuesday , September 26 2017
Breaking News

बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो नुवाकोटमा :

२४ भाद्र , नुवाकोट। काठमाडौँबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस आज बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी ३० जना घाइते भएका छन्। घाइते अधिकांशको अवस्था गम्भीर छ। दुर्घटनामा परी विदुर नगरपालिका–९ का २१ वर्षीय शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने र ६७ वर्षीया ठूलीमायाँ तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए।

त्यस्तै, लालबहादुर तामाङ र उजेली मिजारको उपचारका क्रममा काठमाडौँस्थित ग्रीनसिटी अस्पताल तथा सबिना तामाङको विपी स्मृति अस्पताल, बसुन्धरामा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको उमेर र ठेगाना खुल्न बाँकी छ।

दुर्घटनामा घाइते भएका ३० जनाको राजधानीको ग्रीनसिटी, ग्राण्डी, बिपी स्मृतीलगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठानाभञ्ज्याङ स्थित लो–टोलमा घुम्तीमा मोड्ने क्रममा दुर्घटना भएको उक्त बस सडकबाट करिब ३५० मिटर तल पुगेको थियो।

बस दुर्घटनाबाट स्थानीय सीता तामाङको दुई घर पूर्णरुपमा क्षति भएको छ।

(नयाप्रभा बाट)

Leave a Reply