Saturday , August 19 2017
Breaking News

अमेरिकामा कार दुर्घटनामा होनहार बिद्यार्थी ममता कंडेलको मृत्यु ( दुखद समाचार )थप जानकारी

बिजय थापा ,वाशिंगटन डीसी

अमेरिकाको वाशिंगटन सियाटलमा भएको कार दुर्घटनामा परि २१ बर्षीय नेपाली मुलकी होनहार छात्रा ममता कंडेल को मृत्यु भएको दुखद समाचार प्राप्त भएको छ l गत बिहीबार बिहान वाशिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटना मा उनको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ भने उनको सब अहिले अस्पताल मै राखिएको बुझिएको छ l वाशिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटनामा चालक तथा अन्य पछाडि बसेका यात्रुलाई सामान्य चोट लागेको तर दुर्भाग्य बस नेपाली चेलीको भने ज्यान गएको छ l भर्जिनियामा उनका नजदीक का शर्मा परिवारले जानकारी दिए अनुसार ऊनि मास्कोमा रहने बुझिएको छ l तर अध्ययन को क्रममा संन २०१४ मा आइडाहो विश्व बिद्यालय बाट समाज शास्त्रमा अध्यन समाप्त गरेकी थिइन l जाड़ो मौसममा बिदाको लागि आगामी दिसम्बर १९ तारीख नेपाल जाने तैयारीमा समेत थिइन l अतिरिक्त क्रियाकलापमा समेत प्रतिभाशाली स्व ममता कंडेल केहि समय भर्जिनियाको साउथ राइडिंग शहरमा समेत आएकी थिइन l उनि एक होनहार छात्रा हुनुको साथै महिला बेच बिखन तथा महिला यौन कार्यकर्ता बिषयमा वकालत गर्दै आएकी उनका नजिक रहेका शर्मा परिवारलले जानकारी दिएका छन l हिउँको कारण सड़क चिप्लो भई सवारी साधन चिप्लिन गई उक्त दुर्घटना १९५ राजमार्ग को स्टेपो नजदीक भएको हो l घोडामा राजमार्ग निरिक्षण गर्ने प्रहरी अनुसार उत्तर तर्फ गई रहेको अवस्थामा गाड़ी अनियंत्रित भई अर्ध माल बाहक गाड़ीलई ठोकिन पुगी त्यों गाड़ीले पनि अर्को गाडीलाई ठोकेको बताएका थिए l मृत्रक छात्रा कंडेलले पेटी चाही लगाएको सहित उनले बताएका थिए l

Leave a Reply