Tuesday , October 24 2017
Breaking News

महेश नेपाल युवा लेखकले लेखेको गितले अहिले प्रवासमा धेरै लाइ रुवायो (हेर्नुहोस भिडियो)

भाद्र २६, काठमाडौ। सामाजिक सञ्जाल र अनलाईन मिडियामा चर्चित नाम हो महेश नेपाल । देशमा घटिरहेका हरेक घटनालाई नजिकबाट नियाल्दै राजनितिक बेथितिलाइ तीखो प्रहार गरेर हरेक राष्ट्रबादी नेपालीको मन जित्न सफल युवा लेखक महेश नेपाल बिगत एक दशक देखि सक्रिय पत्रकारितामा समेत छन । पत्रीका, रेडियो हुँदै हाल अनलाईन मिडियामा सक्रिय उनी पछिल्लो समय साँगितीक क्षेत्रमा समेत सकृय बनेका छन ।

पत्रकारिता र लेखनमा सफल उनी साँगितिक जिवनमा समेत सफल बन्दै गएका छन । ‘यो तिहारमा सम्झेर घर आउ’ बाट गिती लेखनमा लागेका उनले ‘आहा तिमी’, ‘एकान्तमा रुने गरायौ’, ‘नवलपुर जाने पुल’ मेरी प्यारी लगायत गितमा निकै मीठो शब्द लेखेर दर्शक श्रोताको मन जित्न सफल बनिसकेका छन । उनले पछिल्लो समय आफ्नै स्वरमा ३ वटा गित समेत रेकर्ड गरेका छन । ‘अमर नाता’, ‘गौराती भिमसेन थान’, ‘कस्लाई चिन्ता छ र’ उनले आफ्नै स्वरमा रेकर्ड गरेका गित हुन।

उनले शब्द लेखेको पछिल्लो गित यतिबेला निकै चर्चामा छ । बाध्यताले आफ्नो परिवार र देश छाडेर परदेश पस्न बाध्य लाखौँ युवा हरुको यथार्थ कहानी समेटेर लेखिएको ‘मेरी प्यारी’ गितले धेरैलाई रुवाएको छ । लोकप्रीय गायक प्रकाश पुरी र लोकप्रीय गायिका गितादेबीले सुमधुर आवाज भरेको यस गितमा रमेश श्रेष्ठको संगित रहेको छ । चर्चित मोडेल रञ्जिता गुरुङ र बाबुराम बोहोराले जिवन्त अभिनय र चर्चित निर्देशक कपिल लामाले निर्देशन गरेको यस गितलाई प्रतिभा म्युजिक प्रा.ली.ले बजार ब्यवस्थापन गरेको हो।

हेर्नुहोस भिडियो:

Leave a Reply