Tuesday , October 24 2017
Breaking News

राशिफल (२०७४ भाद्र २३ गते शुक्रबार/२०१७ सेप्टेम्बर ०८) September 07, 2017 राशिफल

वि.सं. २०७४ भाद्र २३ गते शुक्रबार तदनुसार ई. सं. २०१७ सेप्टेम्बर ०८ तारिख
चाडपर्व र उत्सव : सोह्रश्राद्धअन्तर्गत तृतीया श्राद्ध, शिक्षा तथा साक्षरता दिवस, साहित्यकार गुरुप्रसाद मैनालीको जन्मदिन,
मूहुर्त : अन्नप्राशन(पास्नी),

आश्विन कृष्णपक्षको द्वितीया तिथि, दिउँसो ११:०२ बजेसम्म, त्यसपछि तृतीया तिथि,
उत्तराभाद्रा नक्षत्र, दिउँसो ०१:५१ बजेसम्म, त्यसपछि रेवती नक्षत्र,
भोलिको चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त),
गण्ड योग, बेलुका १०:५१ बजेसम्म, त्यसपछि बृद्धि योग,
सुरुमा गर करण दिउँसो ११:०१ बजेसम्म, त्यसपछि वणिज करण बेलुका १०:२२ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०६:१६ बजे

राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : बिहान १०:२७ देखि १२:०१ सम्म
यमघण्ट : दिउँसो ०३:०८ देखि ०४:४२ सम्म
गुलिक काल : बिहान ०७:१९ देखि ०८:५३ सम्म

वारवेला :–

चर वारवेला : बिहान ०५:४५ देखि ०७:१९ सम्म, साँझ ०४:४३ देखि ०७:४२ सम्म र मध्यरात्रीपछि ०४:१९ देखि ०५:४५ सम्म
रोग वारवेला : दिउँसो ०१:३४ देखि ०३:०८ सम्म र बेलुका ०७:४२ देखि ०९:०८ सम्म
काल वारवेला : बिहान १०:२७ देखि १२:०१ सम्म र बेलुका ०९:०८ देखि १०:३४ सम्म
लाभ वारवेला : बिहान ०७:१९ देखि ०८:५३ सम्म र बेलुका १०:३४ देखि १२:०१ सम्म
उद्वेग वारवेला : दिउँसो ०३:०८ देखि ०४:४२ सम्म र मध्यरात्रीपछि १२:०१ देखि ०१:२७ सम्म
शुभ वारवेला : दिउँसो १२:०१ देखि ०१:३४ सम्म र मध्यरात्रीपछि ०१:२७ देखि ०२:५३ सम्म
अमृत वारवेला : बिहान ०८:५३ देखि १०:२७ सम्म र मध्यरात्रीपछि ०२:५३ देखि ०४:१९ सम्म

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । त्यस्तै यात्राका क्रममा अपनाएको सचेतताले ठूलो नोक्सानी हुनबाट जोगिने छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मिश्रित प्रभाव भएको दिन छ । काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । फाइदा कममात्र हुनेछ । आफ्ना कामजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अरूका काममा श्रम तथा बुद्धि खर्चनु पर्ला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बढाउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आजको प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मनका इच्छा र आकाङ्क्षामा व्यवधान सिर्जना हुनेछ । दिन मनोरञ्जनपूर्ण रहने छ, तर पनि मनमा निराशा र वैराग्यका भावना मँडारिन सक्छन् । पठनपाठनमा रुचि हुँदैन । नयाँ ज्ञान सिक्ने मौका त छ, तर मिहिनेत र परिश्रममा कमी आउनाले पूर्ण हुँदैन । यात्रामा नमज्जा हुनेछ । दाम्पत्य जीवन वा प्रेमसम्बन्धमा चिसोपन देखिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रेमी/प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

अरूको विषयमा चासो राख्दा वादविवाद हुनसक्छ । धैर्यसाथ गरिएको कामबाट फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । बोलीमा मिठास र चाकरीको व्यवहार देखाउनु पर्छ । सहयोगीहरूले आशा गरेअनुरूप साथ दिन सक्दैनन् । मिहिनेत गरेबमोजिमको फाइदा लिन सकिंदैन । काममा बिलम्ब हुने लक्षण छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा बिलम्ब हुनाले दिक्क लाग्नेछ । परम्परा र बाध्यतामा खुम्चिनु पर्नाले नरमाइलो लाग्न सक्छ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य पाइने सम्भावना छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान जुटाउन सकिने छ । भोजभतेरमा सहभागी हुन पाइने छ ।
ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

Leave a Reply